Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

नागरिक अधिकारको सम्मान गर्न राष्ट्रपति-उपराष्ट्रपतिको आव्हान

Saturday, February 18, 2017 National Power

इतिहासको लामो कालखण्डको विविध आरोह–अवरोहको उचित मूल्याङ्कन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा जिम्मेवारी र दायित्व हो भन्दै आफ्नो शुभकामना सन्देशमा उहाँले संविधानले व्यवस्था गरेअनुसारको आवधिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा हामी सबै नेपालीमा प्राप्त हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो शुभकामना सन्देशमा २०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन सम्पन्न गरेर निर्धारित समयमा संविधानको पूर्ण कार्यान्वयनका साथै राजनीतिक स्थायित्वसहित देशलाई अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

संविधानबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढ राष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नति एवम् दिगो आर्थिक विकाससहितको समृद्धिका मार्गमा द्रुतरुपमा अघि बढाउनुपर्ने वर्तमानको आवश्यकताप्रति सबैको ध्यानाकर्षण गराउँदै उहाँले आजको ऐतिहासिक दिनले राष्ट्रिय एकताका साथ देशलाई आर्थिक विकासतर्फ तीव्र गतिमा लैजान सबै नेपालीलाई सत्प्रेरणा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।