Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

तेल र ग्यासमा कम नाफा खान भारत सहमत, वार्षिक एक अर्ब जोगिने

Friday, February 17, 2017 National Power

६ फागुन , काठमाडौं- नेपाललाई बेच्ने पेट्रोलियम पदार्थमा नाफाको मात्रा घटाउन भारत सहमत भएको छ । यसले नेपालको वाषिर्क एक अर्ब जोगिने अनुमान छ ।

भारतीय आयल कर्पोशरेन (आईओसी) नेपालले बेच्ने तेलमा लगाउँदै आएको मार्केटिङ मार्जिन अर्थात नाफामा ०.५ प्रतिशत घटाउन सहमत भारत भएको हो ।
हाल यो २.५ प्रतिशत छ । तर, मार्चपछि २ प्रतिशतमा झार्ने सहमति भएको आयल निगमका प्रवक्ता भानुभक्त खनालले अनलाइनखबरलाई जानकारी दिए ।

मार्चमा द्विपक्षीय ब्यापार सम्झौता हुने भन्दै खनालले भने, ‘हामीले सैद्धान्तिक सहमति गरेर फर्किएका छौं । अब भारतबाट आउने तेल थप सस्तो हुनेछ ।’

भारतीय आयल कर्पोरशेनसँग यस्तो नाफामा राखिने मार्जिन घटाउन नेपालले लामो समयदेखि लबिङ गरिरहेको थियो । अब मार्चमा हुने द्विपक्षीय सम्झौतामा भारतले राख्ने नाफाको मात्रा घटाउने औपचारिक निर्णय हुनेछ ।
यसको प्रत्यक्ष फाइदा नेपाली उपभोक्तालाई हुनेछ । यो सहमतिले आयल निगमलाई वर्षमा १ अर्ब बढी फाइदा हुने निगमका प्रवक्ता खनालले बताए ।

‘यसले निगमलाई वर्षमा १ अर्ब बढी फाइदा मात्रै हुँदैन, नेपाली उपभोक्तालाई नै सहज हुनेछ’ खनालले भने, ‘तेल आयातमा बाहिरिने रकम पनि घट्छ ।’

नेपालमा अहिले वाषिर्क १ खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयत हुन्छ । तेलको मूल्यमा अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गर्ने प्रणाली लगाइएको छ । यसैका कारण भारतले तेल बेच्दा आफूले राख्दै आएको नाफा घट्दा नेपाललाई आर्थिक रुपमा पनि निकै लाभ मिल्ने निगमको भनाइ छ ।