Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

राप्रपामा अर्काे ट्विस्ट, लाेहनीद्वार पुनः अध्यक्षकाे दावेदारी (विज्ञप्ती सहित)

Friday, February 17, 2017 National Power

६ फागुन, काठमाडाैँ – एक दिन अघि कमल थापालाइ सर्वसम्मत अध्यक्ष बनाउने सहमति गरेकाे भाेलिपल्टै राप्रपाका राष्ट्रय अध्यक्ष डा. प्रकाश चन्द्र लाेहनीले अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका छन् ।

लाेहनीने विहिबार साँझ एक विज्ञप्ती जारी गर्दै बुधवार भएकाे सहमतिकाे अाैचित्य नभएकाे बताउँदै कार्यकर्तालाइ अाफुलाइ सहयाेग गर्न अपिल गरेका छन् ।

(हेर्नुस लाेहनीले जारी गरेकाे विज्ञप्ती)

यस अघि बुधवार भएकाे सहमतिमा कमल थापालाइ सर्वसम्मत अध्यक्ष बनाउने सहमतिमा डा. लाेहनीले समेत हस्ताक्षर गरेका थिए ।

(हेर्नुस बुधवार जारी भएकाे विज्ञप्ती)

पार्टीको चुनाव चिन्ह हलो नै हुनुपर्ने र आधा पदाधिकारीहरु निर्वाचन प्रक्रियबाट चुनिनेपर्ने आफ्नो मागलाई बेवास्ता गरिएको भन्दै लोहनीले सहमतिको औचित्य नभएको तर्क गरेका हुन् । नयाँ विधानमा सबै सदस्य मनोनीत हुने उल्लेख छ ।

आफ्नो सहमतिबेगर  कार्य सम्पादन समितिमा पेस भएको नयाँ विधानमा पार्टीको चुनाव चिन्ह र पदाधिकारी छनौट प्रक्रिया राखिएको भन्दै लोहनीले आपत्ति जनाएका हुन् । तत्कालीन राप्रपा र राप्रपा नेपालबीच गत मंसिर ६ गते एकता भएको थियो ।