Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

राप्रपामा कमल थापा निर्विराेध अध्यक्ष

Wednesday, February 15, 2017 National Power

महाधिवेशन शुरू हुनुभन्दा दुइ दिन अघि डा. प्रकाशचन्द्र लाेहनी पनि अध्यक्षकाे दाैडबाट बाहिरिए पछि राप्रपाकाे अागामी नेतृत्वका लागि कमल थापा एक्लै दावेदार देखिएका छन् । महाधिवेशनको पूर्वसध्यामा थापासँगै पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनी अध्यक्षका दाबेदार थिए ।

तर पछिल्लाे समय राप्रपाकाे नेतृत्वका लागि कमल थापा हावी भएपछि पशुपति शम्शेर जबरा र डा. प्रकाशचन्द्र लाेहनीले अध्यक्षकाे दाैडबाट अाफुलाइ पछि हटाएका छन् । यसबाट दुइ दिनमा कुनै ठूलाे उथलपुथल नभए राप्रपाकाे अध्यक्षमा कमल थापा निर्विराेध हुने पक्का जस्तै भएकाे छ ।

दाेश्राे तहका नेताहरू थापालाइ अध्यक्ष बनाउन लागि परेका थिए, जस्काे फलस्वरूप अघि साँझ जारी भएकाे प्रेस नाेटमा कमला थापालाइ अध्यक्ष बनाउने सहमति भएकाे उल्लेख गरिएकाे छ । हस्त लिखित उक्त प्रेस नाेटमा कमल थापा, पशुपति शम्शेर जबरा, डा. लाेहनी र लाेकेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।

(प्रेस नाेट)