Saturday 17th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

आगलागीबाट लाखौँको क्षती

Wednesday, February 15, 2017 National Power

४ फागुन,राजविराज सप्तरीको पोर्ताहा–५ मा मङ्गलबार साँझ आगलागी हँुदा रु पन्ध्र लाखको क्षति भएको छ ।
स्थानीयवासी चन्द्रदेव खिडहरी यादवको घरबाट सल्केको आगोले निजको एउटा घर, छिमेकी जुगाई खिडहरी यादवको एक र शङ्कर खिडहरीको एक गरी तीनवटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ । आगलागी विद्युत् सर्ट भएर भएको प्रहरीले बताएको छ  ।

आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात, भाँडावर्तनलगायत नगद तथा जिन्सी गरी करिब रु १५ लाख मूल्य बरावरको क्षति भएको पीडितले बताएका छन् । आगोलाई स्थानीयवासी र इलाका प्रहरी कार्यालय भारदहबाट गएको प्रहरीले नियन्त्रणमा लिएको थियो ।