Wednesday 23rd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास

Wednesday, February 15, 2017 National Power

४ फागुन,पोखरा  राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले आज पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गर्नुभयो ।

करिब रु तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै  नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५० प्रतिशत प्राप्त हुने र बाँकी स्थानीयवासीबाट जनसहयोग परिचालन गरिने
सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिनुभयो ।

शिलान्यासपछि बोल्दै सदस्य–सचिव विष्टले फेवातालको नामले चिनिने गरेको पोखरालाई अब खेलकुद नगरीको रुपमा चिनाउने गरी परिषद्ले उच्च प्राथमिकताका साथ व्यवस्थित र आधुनिक बनाउन पूर्वाधार विकासमा लगानी गर्न लागेको बताउनुभयो ।

अर्को वर्ष पोखरामा ३० खेल समावेश गरिएको राष्ट्रिय खेलकूद परिषद च्याम्पिनसीप प्रतियोगिता सञ्चालन गरिन लागिएको जानकारी दिँदै सन् २०१९ को फेब्रुअरीमा नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनसहितका सात खेल पोखरामा सञ्चालन गरिने  विचार व्यक्त गर्नु भयो ।