Wednesday 27th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

नयाँ शक्ति र थरूहट तराई पार्टी लोकतान्त्रिकबीच एकीकरण

Monday, February 13, 2017 National Power

०२ फागुन,काठमाडौं– बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र गंगा चौधरीले नेतृत्व गरेको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक)बीच सोमबार एकीकरण भएको छ।

एकीकृत पार्टीको नाम नयाँ शक्ति पार्टी नेपाल नै रहने भएको छ। थरुहट पार्टीकी अध्यक्ष्य गंगा चौधरीले नयाँ शक्तिका संयोजक भट्टराईले  थारुको मुद्दा उठाउने प्रतिबद्धता गरेकोले नयाँ शक्तिसँग पार्टी एकीकरण गरेको बताइन्। ‘थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) र नयाँ शक्ति पार्टीबीच एकीकण भएको छ । हामीले उठाउँदै आएको मुद्दा अब नयाँ शक्तिले उठाउने भएको छ,’ चौधरीले भनिन्।

सोमबार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यलय बबरमहलमा गरिएको कार्यक्रममा  नयाँ शक्ति पार्टी र थरुहट तराई पार्टी नेपाल(लोकतान्त्रिक)का केन्द्रीय सदस्यहरूले संयुक्त रुपमा हस्ताक्ष गरी दुई पार्टी एकीकण भएको घोषणा गरेका थिए। थरुहट पार्टीसँग एकीकरण गरेपछि नयाँ शक्ति अब संसद्मा प्रतिनिधित्व हुने भएको छ। चौधरी नयाँ शक्तिको संसदीय दलको नेता भएकी छन्।

नयाँ शक्ति पार्टीसँग एकीकरण भएसँगै थरुहट पार्टीका ९ केन्द्रीय सदस्य अब नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यकारी परिषद्को सदस्यमा मनोनय भएका छन्। चौधरी पनि  कार्यकारी परिषद्को सदस्य भएकी छन्। नयाँ शक्ति पार्टीका नेता पर्शुराम खापुङले पनि नयाँ शक्ति पार्टी र थरुहट तराई पार्टी नेपाल (लाकतान्त्रिक)बीच एकीरकण भएको बताए।