Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

सशील ज्ञवालीमाथि कारबाही गर्ने सरकारले काम नगरेका मन्त्रालयलाई भने किन कारबाही नगरेको ?-एमाले

Monday, February 13, 2017 National Power

२ फागुन, काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पुनर्निर्माणको काममा सहयोग नगर्ने मन्त्रालय र सम्बन्धित निकायलाई तत्काल कार्वाही गर्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको सोमबार बसेको बैठकमा प्रमुख कार्यकारी अधिकृत प्राध्यापक डा. गोविन्द्र पोखरेलले मन्त्रालय मातहतमा सम्पन्न गर्नुपर्ने पुनर्निर्माणको काम अघि बढन नसकेको बताए ।

एमालेका उपाध्यक्ष भीम रावलले समितिको यस अघि बसेको बैठकले दिएको निर्देशन अनुसार काम नगर्ने मन्त्रालय र सम्बन्धित निकायलाई कार्वाही गर्न माग गरे। प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सशील ज्ञवालीमाथि कारबाही गर्ने सरकारले काम नगरेका मन्त्रालयलाई भने किन कारबाही नगरेको भन्दै आक्रोश पोखे ।

२ महिना अघि बसेको निर्देशक समितिको बैठकले सहरी विकास, शिक्षा, पर्यटन, स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आफू मातहतको पुनर्निर्माणको कामलाई अघि दिन निर्देशन दिएको थियो ।

बैठकमा प्रधानमन्त्री एवम् समितिका अध्यक्ष पुष्पकमल दाहालले पुनर्निर्माणको कामलाई तीव्र गतिमा अघि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।