Saturday 1st April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

इनभेष्टमेण्ट बैंकबाट २४ लाख रुपैयाँ गायब

Sunday, February 12, 2017 National Power

१ फागुन, कैलाली–धनगढीस्थित नेपाल इनभेष्टमेण्ट बैंकभित्रबाटै शुक्रबार लगभग २४ लाख  रुपैयाँ बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम  गायब भएको बैंकका म्यानेजर राजेन्द्र बहादुर सिंहले जानकारी दिए ।

बैंकले घटनालाई लुकाउन खोजे पनि सिंहले भने जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए । अनुसन्धानका लागि बैंकका तिन जना कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक अर्जुन चन्दले  बताए । उनले अनुसन्धान अगाडि बढिरहेको भन्दै थप जानकारी सार्वजनिक गर्न चाहेनन् ।
बैंकबाट रकम गायब भएको जानकारी पाए लगतै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेय शनिबार नै हेलिकप्टर मा चढेर धनगढी पुगे ।
आइतबार  विहानैबैंक खोल्नु पर्ने भएपछि उक्त कुरा कसरी गोप्य मिलाउन सकिन्छ भनेर बैंक प्रशासन लागि परेको बैंकका एकजना कर्मचरीले नाम नबताउने शर्तमा बताए । पैसासँगै बैंकको चाबी समेत गायब भएपछि। कर्मचारीले ताला काटेर बैंकको सटर खालेका थिए ।