Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अाइजीपीमा जय बहादुर चन्द

Sunday, February 12, 2017 National Power

१ फागुन, काठमाडाैँ – मन्त्री परिषद्काे अाजकाे वैठकले नेपाल प्रहरीकाे महानिरिक्षकमा जय बहादुर चन्दलाइ नियुक्त गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे वैठकले सशस्त्र प्रहरीकाे महानिरिक्षकका सिंह बहादुर श्रेष्ठलाइ नियुक्त गरेकाे छ ।

अाइतबार दिनकाे लागि तय भएकाे मन्त्री परिषद्काे वैठक शेर बहादुर देउवाकाे दवाव पछि विहान ९ बजेनै बसेकाे बुझिएकाे छ । तेश्राे बरियाताका व्यक्तिलाइ अाइजी बनाउन लागकाे भन्दै सर्वाेच्च रिट परेकाे थियाे । अाज त्यसकाे लागि पेशी ताेकिएकाे छ । यसै करण पनि देउवाले विहानै अाइजीकाे नियुक्तिका लागि हताराे गरेका हुन् ।

हिजाे बेलुका ८ बजे प्रधानमन्त्री प्रचण्ड र देउवा विच भेट भएकाे र उक्त भेटमानै देउवाले अाइतबार विहानै वैठक राखी चन्दलाइ अाइजी नियुक्ति गर्न दबाब दिएकाे बालुवाटार श्राेतले जनायाे । सरकार ढाल्ने सम्मकाे चेतावनी दिए पछि देउवा सामु प्रचण्ड निरिह भएकाे श्राेतकाे दावी छ ।