Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

अाज जनयुद्ध दिवस

Sunday, February 12, 2017 National Power

१ फागुन, काठमाडौँ – तत्कालीन नेकपा माओवादीले जनयुद्ध शुरू गरेको आज २१ वर्ष पूरा भएको छ । जनयुद्ध शुरू गरिएको सम्झनामा आज विभिन्न समूहमा रहेका माओवादीले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेर जनयुद्ध दिवस मनाउँदैछन् । यस अवधिमा माओवादी पार्टीमा थुप्रै परिवर्तन आए भने देशले पनि परिवर्तनको फड्को मारेको छ ।

संविधानसभाबाट संविधान निर्माण भएको छ र गणतन्त्र संस्थागत हुने दिशामा देश अगाडि बढेको छ । यद्यपि जनयुद्धको उद्देश्य यति मात्र थिएन भनी आलोचना गर्नेहरू पनि छन् ।

२०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० वर्षे जनयुद्धको स्मरणमा जनयुद्ध दिवस मनाइने गरिएको छ । शुरूशुरूका दिनमा खुलामञ्चमा यो दिवस भव्यरूपमा मनाइन्थ्यो भने अहिले पार्टी कार्यालयको एउटा कोठामा सीमित भएकोे छ ।

२०५२ साल फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा एकैसाथ हमला गरी सशस्त्र युद्धको शुरूवात गरिएको थियो । त्यसपछि १० वर्षसम्म निरन्तर चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भए ।

यता माओवादी पनि विभिन्न टुक्रामा बाँडिए । जनयुद्धको थालनी गर्ने मुख्य व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) छ । माओवादीबाट अलग भएर डा. बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल गठन गरेका छन् ।