Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

चमेलिय जलविद्युत परियोजना केहि महिना भित्र सञ्चालन : उर्जामन्त्री

Saturday, February 11, 2017 National Power

२९ माघ,कञ्चनपुर –  ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना  केहि महिना भित्रै निर्माण सकेर सञ्चालनमा ल्याउने बताउनुभएको छ ।
प्रेस सेन्टर कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले प्राविधीक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिनुभयो ।

साथै मन्त्री शर्माले“पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हँुदैछ र जलविद्युत्मा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ ”भन्नुभयो । सम्मेलनमा मन्त्री शर्माले पश्चिम सेती, कर्णालीलगायत यहाँका जलविद्युत् आयोजनाको काम अगाडि बढाउन मन्त्रालयले पहल गरिरहेको  समेत जानकारी पनि दिनुभयो ।