Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

राजनीतिले बनायाे प्रहरीलाइ बद्नाम

Saturday, February 11, 2017 National Power

(टिप्पणी)

काठमाडाैँ – सामाजिक संजालमा कान्तिपुर दैनिकमा सुरक्षा सम्बन्धि विट हेरीसकेकी एक जना पत्रकारले हाल तेश्राे बरियातामा रहेर पनि अाइजी बन्ने प्रबल संभावना रहेका जय बहादुर चन्दकाे बारेमा एक टिप्पणी गरेकी थिइन् । चन्द काठमाडाैँ महानगरिय प्रहरी परिसरकाे प्रमुख भएर अाएकाे भाेलिपल्ट पत्रकारहरूलाइ बाेलाइ घुसकाे अफर गरेकाे कुरा उल्लेख गरेकी छिन् । याे कति सम्म सत्य हाे त्याे उनलाइ नै थाहा हाेला । तर याे चाँही सत्य हाे की पछिल्लाे समय अाइजी बन्ने दाैडमा उनले सुदुरपश्चिमकाे नाम विकाएर पहिलाे बरियातका नवराज सिलवाललाइ पछार्ने दाउमा लागेका छन् ।

जय बहादुर चन्द प्रहरीकाे अाइजी पदका लागि अयाेग्य पात्र हाेइनन् । त्यसाे त पहिलाे बरियातका नवराज सिलवाल र दाेश्राे वरियाताका प्रकाश अर्याल झन् अहिले सम्म विवादमा नमुछिएकाे र अाफ्नाे जिम्मेवारीहरू पनि सफलतापुर्वक निर्वाह गर्दै अाएका पात्रहरू हुन् । जसरी काठमाडाैँमा अाएपछि डन काण्ड र पत्रकारलाइ घुसकाे अफर गरेकाे कुराले केही हदसम्म भए पनि चन्द विवादमा तानिएका छन्, त्यस्ताे विवादमा अाउने गरी सिलवाल र अर्यालकाे कुराहरू बाहिर अाएका छैनन् ।

एक प्रहरी अधिकारीले जनाए अनुसार  प्रहरी संगठन भित्र पनि सिलवाल लाेकप्रिय पात्र हुन । बरियातामा पहिलाे र अहिले सम्म विवादमा नमुछिदा पनि राजनीतिक दाउपेचका अाधारमा संगठनकाे नेतृत्व लिन नपाएकाे खण्डमा प्रहरी संगठन भित्र त्यसले नकारात्मक असर पार्ने ती अधिकारीले बताए । राम्राे काम गर्नेले काम अनुसारकाे सम्मान नपाएकाे खण्डमा भावी दिनहरूमा पनि प्रहरी अधिकारीहरू इमान्दार भएर काम गर्नुकाे सट्टा राजनीतिक दलका नेताहरूकाे दैलाे दैलाे चाहार्ने काम बढी हुने उनकाे तर्क थियाे ।

जय बहादुर चन्द अाँफैमा अाइजीकाे लागि याेग्य हुँदा हुँदै पनि पछिल्लाे समय उनले देखाएकाे हर्कत, दिल्ली दाैड, प्रहरी भन्दा बढी काँग्रेसी देखिएकाे हुनाले भविष्यमा अाइजी भएकै खण्डमा पनि उनले गर्ने काम र निर्णयहरू विवादरहित नहुने पक्का छ । यसले स्वंम चन्दलाइ मात्र नभएर सिंगाे प्रहरी संगठनलाइ घाटा हुनेछ ।

अाइजीकै लागि दावेदारी प्रस्तुत गरिरहँदा चन्दले अाफ्नाे जिम्मेवारीलाइ मैदानमा देखाउन सकेकाे भए यति धेरै अालाेचना खेप्नु पर्दैनथ्याे हाेला । उनी इन्टरपाेलकाे भेला छाेडेर दिल्ली हानिए, कार्यालय छाेडेर नेताकाे घर घर धाउने काम गरे, समग्र नेपालकाे प्रहरी हुनुकाे सट्टा सुदुरपश्चिमकाे भए, अनि समग्र नेपालीकाे हुनुकाे सट्टा नेपाली काँग्रेसकाे भए । यस्ले गर्दा एक जना काविल प्रहरी अधिकृत अालाेचनाकाे भुमरीमा फस्न पुगे ।

अनि नेपालका राजनीतिक दलहरू देशकाे स्वार्थ भन्दा पनि अाफ्नाे पार्टी र त्यसका पनि गुटकाे स्वार्थ बाहेक यीनले केही देख्दैनन् भन्ने प्रमाणित गर्दैछन् । तीन पटक देशकाे प्रधानमन्त्री भइसकेकाे व्यक्तीकाे त यति सानाे छाती छ भने अरूले देशकाे लागि केही गरेनन् भनेर टाउकाे दुखाउनुकाे के अर्थ रहला र ?

तीन पटक सम्म देशकाे प्रधानमन्त्री भइसकेकाे व्यक्तिले एउटा चुनावकाे परिणामसंग समग्र देशकाे सुरक्षा व्यवस्थाकाे साैदावाजी गर्दैछन् । यस्ले भविष्यमा समग्र प्रहरी संगठनमा कस्ताे प्रभाव पार्छ भन्ने हेक्का समेत नराखेकाे देखिन्छ ।