Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

अनेरास्ववियु केन्द्रीय सदस्य मिलन राईको निधन

Friday, February 10, 2017 National Power

२८ माघ,  काठमाडौँ-  नेकपा (एमाले) निकट अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको बिहीबार निधन भएको छ ।    यही माघ २५ गते भक्तपुरमा सडक दुर्घटनामा पर्नुभएका २७ वर्षीय राईको उपचारका क्रममा बिहीबार वीर अस्पतालस्थित ट्रमा सेन्टरमा निधन भएको हो । खोटाङ स्थायी घर भएका राई सङ्गठनको खोटाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य हुनुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई आज पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने युवा सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।