Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

ढुंगेललाइ पक्राउ गर्न प्रहरीलाइ सर्वाेच्चकाे ताकेता

Friday, February 10, 2017 National Power

२८ माघ, काठमाडौं – हत्या अभियाेगमा सर्वाेच्च अदालतबाट सर्वश्व सहित जन्मकैदकाे सजाय पाएका माअाेवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाइ सर्वोच्च अदालतअर्न्तगत रहेेको फैसला कार्यान्वयन निर्देशनालयले पक्राउ गर्न  प्रहरीलाई ताकेता गरेको छ। निर्देशनालयले गृहमन्त्रालय र मातहतका निकायलाई ढुंगेललाई किन पक्राउ नगरिएको भन्दै माघ २३ गते दोस्रो पटक तीन पृष्ठको पत्र लेखेको हो।  यसअघि पुुस महिनामा  सर्वोच्चको फैसला कार्यान्वयनमा किन सहयोग नभएको भन्दै प्रहरीलाई पत्र लेखिएको थियो। जवाफमा प्रहरी प्रधान कार्यालयबाट ढुंगेल फरार भएको पत्र पठाइएको थियो।

ओखलढुंगाका व्यापारी उज्जन श्रेष्ठको हत्या कसुरमा १२ वर्ष, पाँच महिना २२ दिन कैद भुक्तान गर्न बाँकी ढुंगेललाई प्रहरी प्रशासनले ‘फरार’ भने पनि उनलाई सर्वसाधारणले भने सार्वजनिक ठाउँमा देख्दै आएको पत्रमा लेखिएको  छ।

निर्देशनालयले पछिल्लोपटक  प्रहरी प्रधान कार्यालयलाई पत्र लेख्दै फैसला कार्यान्यवनमा असहयोग भएको जनाएको छ।   गृहमन्त्रालय कानुन तथा फैसला कार्यान्वयन शाखालाई बोधार्थ दिइएको पत्रमा संविधानको धारा १२६ (२) अनुसार गर्न/गराउन अनुरोध गरिएको छ।

निर्देशनालयले फैसला कार्यान्वयनमा ढिलाइ गरे संविधानको धारा १२८ अनुसार अदालतको अवहेलना प्रक्रिया अघि बढाउने चेतावनीसमेत पत्रमार्फत दिएको छ। निर्देशनालयको २०७३ पुस ७ गते चलानी नम्बर ३८७ रहेको पत्रको जवाफ पुस १३ गते दिँदै प्रहरी प्रधान कार्यालयले ढुंगेललाई पक्राउ गर्ने प्रयास भइरहेको र देशभरका प्रहरी इकाइमा पत्राचार गरेको जानकारी दिएको थियो। पछिल्लो पत्रमा निर्देशनालयले फैसला अनेक बहानामा कार्यान्वयन नहुने हो भने अदालतको उपस्थिति र न्यायिक प्रक्रियाको औचित्य नहुने भनेको छ।