Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

अन्ततः शेर बहादुर संग हारे निधि

Thursday, February 9, 2017 National Power

काठमाडाैँ – गृह मन्त्रालय श्राेतका अनुसार अाइतबार बस्ने मन्त्रीपरिषद् बैठकमा अाइजीपीका लागि देउवाका प्रिय पात्र जय बहादुर चन्दकाे नाम सिफारिस हुने तयारी भएकाे छ । गृहमन्त्री विमलेन्द्र निधिकाे निर्देशनमा गृह सचिव लाेकदर्शन रेग्मिले चन्दकाे नाममा फाइल तयार पार्न लगाएकाे श्राेतले जनाएकाे छ ।

पहिलाे बरियाताका डिअाइजी नवराज सिलवाललाइ अाइजीकाे लागि सिफारिस गर्नु पर्ने अडानमा गृहमन्त्री र प्रधानमन्त्री रहेपनि देउवाले गृहमन्त्रीकाे मन्त्री खाइदिने धम्की पछि चन्दकाे नाम सिफारिस गर्न निधिले गृह सचिव रेग्मिलाइ निर्देशन दिएकाे गृह श्राेतले जनाएकाे छ ।

नेपालमा इन्टरपाेलकाे एसिया क्षेत्रकाे वैठक चलिरहँदा भारत पुगेका डिअाइजी चन्दले लाइन मिलाएकाे भन्नेहरूलाइ यसले थप बलियाे बनाएकाे छ । त्यसकाे त पछिल्लाे समय डिअाइजी सिलवाल तस्करीकाे सुन पक्राउ गरिरहँदा चन्द भने काँग्रेसी सभासद्हरूसंग भेटघाटमा व्यस्त थिए । त्यसै भेटघाटकेा माध्यमबाट देउवासंग लाइन मिलाउन पुगेका चन्दले काँग्रेसलाइ अागामी चुनावमा पहिलाे पार्टी बनाइदिने अाश्वासन दिएका थिए । त्यही लाेभमा परेका देउवा पुनः एक पटक थिति बस्न लागेकाे प्रहरीकाे चेन अफ कमाण्ड ध्वस्त पार्न लागेका छन् ।

तुलनात्मक रूपमा राम्रे छवि बनाएका सिलवाल काम गर्ने अधिकृतमा पर्छन् । तर काम गर्नेहरूलाइ पाखा लगाइ  चाकडी गर्नेहरूलाइ  पुरस्कृत गर्दा काम गर्ने अधिकृतहरूकाे मनाेबल गिर्ने गर्दछ ।

प्रहरी महानिरीक्षकका दाबेदारहरुमध्ये चन्द तेस्रो बरियताका डीआईजी हुन् । पहिलो बरियताका डीआइजी नवराज सिलवाल र दोस्रो बरियताका डीआइजी प्रकाश अर्यालको रोलक्रम मिचेर चन्दलाई आइजीमा सिफारिस गर्न लागिएको हो ।

प्रधानमन्त्री प्रचण्ड प्रहरीको चेन अफ कमाण्ड बिगार्न नहुने अडानमा छन् । यही अडानका कारण देउवासँग विवाद चर्किएपछि प्रधानमन्त्रीले विहीबार बिहानै मुख्यसचिव सोमलाल सुवेदीलाई बालुवाटारमा बोलाएर क्याबिनेट बैठक स्थगित गर्न भनेका थिए ।