Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

क्याम्पसहरूमा विप्लपकाे तालाबन्दी

Wednesday, February 8, 2017 National Power

२६ माघ, काठमाडौं– एकाबिहानै राजधानीका विभिन्न क्याम्पस प्रशासनहरुमा नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेकपा माओवादी निकट अखिल(क्रान्तिकारी) लगायत सात बिद्यार्थी संगठनहरुले चार बुद्दे माग सहित उपत्यका लगायत देशै भरीका स्ववियु निर्वाचन हुने क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।
प्रदर्शनीमार्गस्थीत आर.आर. क्याम्पस, नेपाल ल क्याम्पस, विश्वभाषा क्याम्पस र त्रि वि केन्द्रिय क्याम्पस लगायतका क्याम्पसहरुमा तालाबन्दी भएको हो ।

त्रिभुवन बिश्वबिद्यालयले बिद्यार्थी संगठनहरुलाइ हेर्ने दृष्टीकोण र गर्ने ब्यवहारमा बिभेद गरेको , फर्जी बिद्यार्थी भर्ना लाइ मान्यता दिएको ,स्वबियु निर्वाचनको लागी उपयुक्त वातावरण निर्माण नगरेको भन्दै त्रि वि केन्द्रिय क्याम्पस लगायत देशै भरीका क्याम्पसहरुमा तालाबन्दी गरेको छ ।

विद्यर्थाी संगठनहरुले यस बारेमा सम्बधित निकायलाइ पटक पटक जानकारी गराइ छलफलको माग राख्दा समेत खास गम्भीरता नदेखिएपछि तालाबन्दी गर्न बाध्य भएको बताएका छ्न । उनीहरुले यो निर्णय नसच्चिए सम्म संघर्ष जारी रहने कुरा बताएका छन ।