Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

अरूसंग लागेकाे भन्दै प्रेमिकालाइ तेजाब प्रहार गरी हत्या

Monday, February 6, 2017 National Power

माघ २४, रुपन्देही–रुपन्देहीमा एक प्रेमीले प्रेमिकालाई तेजाब प्रहार गरि हत्या गरेको पुष्टि भएको छ । आईतबार राती धादिङ नौबिसेका २८ बर्षिय सुनिल कोईरालाले प्रेमिका नवलपरासी गैडाकोट नगरपालिका वडा नं.५ बस्ने २७ बर्षिय तुल्सा सापकोटालाई तेजाब खन्याई हत्या गरेको रुपन्देही प्रहरीले जनाएको हो ।
३ बर्षदेखि संगै बस्दै आएका दुवैजना आईतबार रुपन्देहीको बुटवलस्थित मेरी डियन होटलको कोठा नं १ सय ३ मा बसेका र राती सुनिलले प्रेमिका तुलसालाई तेजाब खन्याएको रुपन्देही प्रहरी प्रवक्ता बेल बहादुर पाण्डेले जानकारी दिए ।
तेजाब प्रहारबाट गम्भीर घाईते तुलसालाई उपचारका लागी बुटवलकै लुम्बिनी अंचल अस्पतालमा लगिए पनि त्यहा उपचार हुन नसकेपछि भैरहवा स्थित मेडिकल कलेजमा लगिएको थियो । उपचारकै क्रममा तुल्साको सोमबार दिउँसो करिब १२ बजे मृत्यु भएको प्रहरी प्रवक्ता पाण्डेको भनाई छ । ‘होटलमा संगै बसेर दुवै जनाले मदिरा सेवन गरेको र हत्या गर्ने मनसायले नै तेजाब प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ’ पाण्डेले भने । अभियुक्त कोईरालालाई पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।