माघ २३, अमेरिका – अमेरिकाको न्याय विभागले राष्ट्रपति डोनल्ड ट्रम्पको सात मुस्लिम देशका नागरिकमाथि अमेरिका प्रवेशमा रोक लगाउने निर्णयलाई निलम्बन गर्ने अदालती प्रक्रियाविरुद्ध अपिल गरेको छ ।
योभन्दा पहिले सिएटलका एक न्यायाधिसले शुक्रबार सात मुश्लिम बाहुल्यता भएको देशका मानिसहरुलाई अमेरिका आउन रोक लगाउने ट्रम्प प्रशासनको निर्णयमाथि अस्थायी रोक लगाएका थिए ।
अब ट्रम्प प्रशासनले यो कदम फेडरल न्यायाधिसको निर्णय उल्ट्याउने उद्देश्यसहित चालेको हो ।
trumpनिषेध गरिएका सात देशका भीसाधारीहरुले अमेरिका प्रवेशमा संघर्ष गर्नुपरिरहेको छ । साथै, उनीहरुसँग अमेरिका प्रवेशका लागि सिमित विकल्प मात्र बाँकी छन् ।
पछिल्लो हप्ता ट्रम्पको यो प्रतिबन्धपश्चात् अमेरिकामा सार्वजनिक विरोध प्रदर्शन भए र हवाई अड्डामा निकै हलचलको माहौल देखिएको थियो ।
ट्रम्प प्रशासनको यो निर्णयपछि करिब ६० हजार भिसा रद्द गरिसकिएको छ ।
शनिबार न्यायाधिस जेम्स रोबर्टको निर्णयलाई ट्रम्पले ‘हाँस्यास्पद’ बताएका थिए ।
ट्रम्प प्रशासनको कार्यकारी आदेश अनुसार इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सूडान र यमनका कोही पनि नगरिक ९० दिनसम्म अमेरिका प्रवेश गर्न पाउने छैनन् ।
यसै आदेश अनुसार अमेरिकी शरणार्थी प्रवेश कार्यक्रमलाई १२० दिनसम्मका लागि निलम्बित गरिएको छ । साथै सिरियाली शरणार्थीहरुलाई अमेरिका प्रवेशमा अनिश्चितताका लागि रोक लगाइएको छ ।