Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

अब १ कित्ता सेयर पनि खरीद बिक्री हुने

Sunday, February 5, 2017 National Power

२३ माघ, काठमाडौं – आइतबारबाट सेयर बजारमा १० कित्ताभन्दा कम सेयर पनि गर्न सकिने भएको छ । अब लगानीकर्तासँग १५२ रुपैयाँ भएमा पनि सेयर किन्न जान सक्ने छन् । गत शुक्रवार सबैभन्दा सस्तो मुल्यमा (१५२ रुपैयाँमा) मञ्जुश्री फाइनान्सको प्रतिकित्ता सेयर कारोबार भइरहेको छ ।  यसअघि दोस्रो बजारमा एक पटकमा न्युनत्तम १० कित्ता सेयर खरिद बिक्री गर्न पाइने व्यवस्था रहेको थियो ।  त्यस्तै १ देखि ९ कित्तासम्मको सेयर किनबेच अडलट कारोबारको रुपमा शुक्रवार मात्र गरिदै आएको थियो । प्रायः सेयर स्वामित्व हस्तान्तरणमा नमिलेका यस्ता कारोबार मात्र यो दिन हुने गरेको थियो । तर अब लगानीकर्ताले नियमित कारोबारमा १ कित्ता सेयरको समेत माग गरेर ब्रोकर कँहा किनबेच आदेश दिन सक्ने छन् ।

पहिलेजस्तो कागजी रुपमा रहेको सेयर कारोबार हुन बन्द भएको र डिम्याट सेयर (विद्युतीय अभिलेख अभौतिकिकरण गरिएको सेयर) को मात्र कारोबार हुने व्यवस्था लागु भएपछि १० कित्ताभन्दा कम सेयर किनबेच गर्न सम्भव हुने भन्दै यस्तो व्यवस्था गरिएको हो । अहिले बजारमा सबैभन्दा महंगो युनिलिभर नेपालको सेयर मूल्य ३० हजारमाथी रहेको छ । यो कम्पनीको १० कित्ता सेयर किन्न पनि कम्तिमा लगानीकर्तासँग ३ लाख रुपैयाँ हुनै पर्दथ्यो । अब यो व्यवस्थापछि लगानीकर्ताले ३० हजार रुपैयाँ बोकेर गएमा पनि सेयर पाउन सक्ने अवस्था बन्ने छ ।

हुनतः अहिले बजारमा १०/१० कित्ता सेयर कारोबार गरेर पनि चलखेल गर्ने परिपाटी छ । यो सीमाभन्दा कम कित्ता शेयर कारोबार गर्ने सुविधाले बजार थप अस्थिर हुन सक्ने अनुमान पनि गरिएको छ । तर नेप्सेले यसमा कडाई गर्ने र मूल्य प्रभावित नहुने गरि यस्तो व्यवस्था मिलाइने जानकारी दिएको छ ।
अहिले सामुहिक लगानी कोषका इकाइ कारोबार गर्दा पनि न्युनतम १ सय इकाइ हुनै पर्ने प्रावधान छ । यसमा नेप्सेले भने हालसम्म सीमा घटाउने वा नघटाउनेमा कुनै सोच बनाएको देखिदैन ।