२३ माघ, काठमाडाैँ – शिक्षाविद् सुन्दर पन्तद्वार रचित गीती एल्बम सुन्दर सपना सार्वजनिक भएकाे छ । गायक गायिकाहरू अञ्जु पन्त, तारावीर पाण्डे, सन्तोष लामा, टंक बुढाथोकी, सन्तोष रजौरे, विजय थापा, पुष्पा गुरुङकाे स्वरमा सजिएका गीतमा सन्तोष रजौरे,तारावीर पाण्डे,सन्तोष लामा, टंक बुढाथोकी,कल्याण सिंहले संगीत भर्नुभएको छ ।
आधुनिक, लोकपप तथा राष्ट्रिय भावकाे विधामा तयार उक्त गीती एल्बमकाे संगीत संयाेजन रहेकाे दिनेश श्रेष्ठले गर्नु गरेका हुन भने एल्बमलाइ अार्टिस्ट नेपालले बजारमा ल्याएकाे हाे । सार्वजनिक भएको छोटो समयमै चर्चा कमाउन सफल यस एल्बममा गीतकार सुन्दर पन्तको उच्च लेखनशैली महसूस गर्न सकिन्छ । फलस्वरूप नागबेली चाल ….. / माया गर्नु पराईलाई…../लुकी लुकी…..गीतहरुको म्यूजिक भिडियो पनि दर्शकहरुले रुचाएकाे पाइएकाे छ ।
वाैद्धिक व्यक्तित्वकाे छवी बनाएका गीतकार पन्त पेशाले शिक्षक हुन् । वास्तवमा गीतकार स्रष्टा सुन्दर पन्तको नाम अनुसार एल्बमको शीर्षक पनि ” सुन्दर सपना “राखिनुमा हरेक पक्षबाट हेर्दा सम्पूर्ण गीति सृजनाहरु साँच्चिकै सुन्दर लाग्दछन् । गीतकार पन्तले नेपाली सांगीतिक क्षेत्रमा उच्च श्रेणीका गीतकारकाे रूपमा अाफुलाइ उभ्याउन सफल हुने देखिएकाे छ।
(भिडियाे)