Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

उपाधि हाेडमा चेल्सी बलियाे, स्टामफाेर्ड ब्रिजमा अार्सनल पराजित

Saturday, February 4, 2017 National Power

२२ माघ, लण्डन – इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर चेल्सीले आर्सनलमाथि शानदार जित हात पारेको छ ।

शनिबार भएको खेलमा चेल्सीले आर्सनलमाथि ३-१ को जित हात पारेको हो । यो जितसँगै चेल्सीले १२ अंकको दुरी बनाएको छ र उपाधि दाबेदारीलाई बलियो बनाएको छ ।

घरेलु मैदान स्टामफोर्ड बि्रजमा भएको खेलमा चेल्सीले १३ औं मिनेटमा नै एलोन्सोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा सम्भव भयो ।

५३ औं मिनेटमा इडेन हर्जाडले उत्कृष्ट गोल गरे । मध्यभागबाट एक्लै बल अघि बढाएका उनले आर्सनलका ५ खेलाडीलाई छक्याउँदै सुन्दर गोल गरे ।

खेलको ८३ औं मिनेटमा सेस फेब्रिगासले पूर्वक्लबविरुद्ध गोल गरे । तर, उनले सेलिब्रेसन गरेनन् ।

आर्सनलका लागि खेलको अन्त्यतिर जिराउडले गोल गरे तर, यो सान्त्वना गोल मात्र हुनपुग्यो ।

जितपछि चेल्सी २४ खेलबाट ५९ अंकका साथ शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको आर्सनलको ४७ अंक छ । समान अंक भएपनि गोल अन्तरका आधारमा टोटनहृयाम दोस्रो स्थानमा छ ।