Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

सिके राउतकाे पक्राउकाे विराेध गर्दै माेर्चाले देखायाे अाफ्नाे असली रूप

Friday, February 3, 2017 National Power

माघ २१, काठमाडाैँ – शुक्रबार बालुवाटारमा भएकाे छलफलमा मधेशी मार्चाले सरकारसंग सिके राउतकाे पक्राउकाे विराेध गरेकाे छ । खुलेअाम देश टुक्राउने अभिव्यक्ति दिँदै हिडेका सिके राउतकाे पक्राउले शान्त बन्दै गएकाे मधेश पुनः अशान्त बन्न सक्ने भन्दै सरकारसंग विराेध जनाएकाे श्राेतले पावरन्युजलाइ बतायाे ।

उनीहरूले अाफु सिके राउतकाे पक्षमा नरहेकाे तर उनलाइ पक्राउ गर्ने टाइमिङ नमिलेकाे जिकिर गरेका छन् । सिके राउतले दुइ महिला पहिलानै सिराहामा उक्त अभिव्यक्ति दिएकाे भएपनि अहिले पक्राउ गर्नुले सरकारले बन्दै गएकाे बताबरण विगार्न लागि परेकाे अाराेप लगाए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले प्रचण्डले प्रतिपक्षी दल र जनस्तरबाट आएको गुनासोको आधारमा उनलाई पक्राउ गरिएको भन्दै राष्ट्रियता विपरितको अभिव्यक्ति दिने छुट कसैलाई नभएको समेत बताएका थिए ।
अहिलेको आवश्यकता संविधानको कार्यान्वयन र निर्धारित समयमा स्थानीय तहको चुनाव भएको भन्दै प्रचण्डले त्यसका लागि सबै दलहरु मिल्न जरुरी रहेको र मधेसी मोर्चाको साथ अनिवार्य रहेकोमा जोड दिए ।
संविधान संशोधन र चुनावमा एकमत भए सिके राउत जस्ता व्यक्तिहरु सल्बलाउन नपाउने समेत उनको भनाई थियो ।
सिके राउतलाई सिरहा प्रहरीले बुधबार जनकपुरबाट पक्राउ गरेको थियो भने उनीविरुद्ध आज राज्यविप्लव विरुद्धको मुद्दा दर्ता गरेको छ।
बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन र स्थानीय तह पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनमा भएको बेमेलपछि मात्रै चुनावको मिति घोषणा हुनुपर्नेमा समेत जोड दिएकामा प्रम प्रचण्डले मोर्चाको सहमति मै चुनावको मिति घोषणा गर्ने पनि आश्वस्त पार्ने प्रयास गरेका थिए ।
‘तपाईँहरु अहिले नआत्तिनु पर्ने अवस्था छैन, मैले निर्वाचनको मिति घोषणा गरिसकेको छैन निर्वाचन आयोगलाई तयारी अवस्थामा बस्नु मात्रै भनेको छु’, प्रचण्डको भनाई उदृत गर्दै मधेसी मोर्चाका एक नेताले भने ।
तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले बाहिर आएजस्तो मोर्चाको असहमतिकै बीच चुनावको मिति घोषणाको तयारीमा सरकार लागेको भनिनुको सत्यता नरहेको प्रमले जानकारी दिएको बताए ।

बैठकमा मोर्चाको तर्फबाट नेताहरु महन्थ ठाकुर, अशोक राई, महेन्द्र राय यादव, लक्ष्मणलाल कर्ण, कौशलेन्द्र मिश्र, र शर्वेन्द्रलाल शुक्ला, वृषेशचन्द्र लाललगायतको सहभागिता थियो ।