Wednesday 12th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

चुनावकाे तयारी थल्न अायाेगलाइ अाग्रह गर्ने सरकारकाे निर्णय

Thursday, February 2, 2017 National Power

माघ २०, काठमाडाै– अाज बसेकाे मन्त्री परिषद्काे बैठकले स्थानीय तहकाे निर्वाचनकाे समय घाेषणा गर्ने अनुमान गरिए पनि सरकारले विना मिति घाेषणा चुनावकाे तयारी गर्न अायाेगलाइ अाग्रह गर्ने निर्णय गरेकाे छ ।

सुचना तथा संचारमन्त्री एवं सरकार प्रवक्ता सुरेन्द्र कार्कीका अनुसार वैशाख जेठ भित्र चुनाव गर्ने गरी तयारी गर्न अाग्रह गर्ने निर्णय गरेकाे बताए ।

स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठित समितिमा आपूर्तिमन्त्री दीपक बोहोरा र उद्योग मन्त्री नविन्द्रराज जोशी सदस्य छन् । सो समितिको सदस्य सचिवको जिम्मेवारी स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारी तोकिएका छन् ।

समितिलाई दुई हप्ताभित्र अध्ययन प्रतिवेदन सरकारलाई बुझाउन भनिएको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

दुइ नम्बर प्रदेशकाे सिमांकनकाे लागि अायाेग 

यसैगरी सरकारले दुई नम्बर प्रदेशको सीमांकनको विषयमा विवाद भइरहेकाले त्यसको अध्ययन गरी सुझाव दिन समिति गठन गरेको छ ।