माघ २०, काठमाडाैँ – अाज दिउँसाे प्रहरीले जनकपुर स्थित अाफ्नै डेराबाट राज्य टुक्राउने अभिव्यक्ती दिँदै हिडेका सिके राउतलाइ पक्राउ गरेपछि मधेश मामिलाका वुद्धिजीवीहरूकाे यस बारेमा प्रतिक्रिया लिइएकाे छ । मधेशमै बसेर काम गरिरहेका कतिपय वुद्धिजीवीहरूले यस मामिलामा कुनै प्रतिक्रिया दिन मानेनन् । यसबाट अाफ्नाे जिउधन माथि खतरा भएकाे भन्दै उनीहरूले यस विषयमा मुख खाेल्न नचाहेका हुन् भने केही अधिकारकर्मी, पत्रकार तथा बुद्धिजीविहरूले यस विषयमा अाफ्नाे धारणाा राखेका छन् ।
धमेन्द्र झा (पुर्व सभापित–नेपाल पत्रकार महासंघ)
कानुनकाे विरूद्धमा जाने जाे काेहीलाइ पनि छाेड्नु हुन्न । कानुनकाे विरूद्धमा जान कसैलाइ पनि छुट छैन । तर पुर्वाग्रही ढंगले कुनै समूदाय माथि राज्यकाे कारवाही हाे भने त्याे ठीक हाेइन ।
दिपेन्द्र झा (अधिवक्ता)
यदि सरकारले उनलाइ राज्य विप्लपकै गरेकै अाधारमा मुद्धा चलाउन लागेकाे हाे भने याे विषयमा पहिले नै सर्वाेच्च बाट सफाइ पाइसकेकाे विषय हाे । यहि विषयमा फेरी मुद्दा चल्ले अाधार देख्दिन । अन्य विषयमा हाे भने प्रहरीले अनुसन्धान गर्न पाउनु पर्छ ।
राजेश अहिराज (पत्रकार)
अहिले मधेश र काठमाडाैँ जाेडिन नसकिरहेकाे अवस्थामा याे पक्राउले अागाेमा घिउ थप्ने काम गरेकाे छ । यस्ताे अवस्थामा तिनले गरिरहेकाे गतिविधिलाइ राज्यले निगरानी गर्ने तर तत्काल कुनै पनि किसिमकाे पक्राउ धरपकड नगरेकाे भए सायद मधेशलाइ याे संविधानमा जाेड्न खाेजिरहेकाे प्रयास अझ सजिलाे गरी सफल हुन सक्थ्याे । सिके राउतले जे गरिरहेका छन् त्याे ठिक हाे भन्न खाेजेकाे हाेइन । याे देशमा कानुन भन्दा गएर गतिविधि गर्ने छुट कसैलाइ पनि छैन । अझ देश टुक्राउने अभिव्यक्ती दिने छुन कसैलाइ पनि छैन । खाली सुमधुर बन्न लागेकाे बाताबरणमा खलल नअाअाेस भन्ने मात्र मेराे चाहना हाे ।
अवधेश पाेखरेल (जनकपुरिया) (मिथिला साहित्यकार)
ती मान्छे राष्ट्रद्राेही नै हुन । देश टुक्राउने अभिव्यक्ती दिनु कुनै पनि हालतमा राम्राे हुँदै हाेइन । प्रहरीले ढिलै भएपनि राम्राे काम गरेकाे छ अब तीनलाइ कडाभन्दा कडा कारवाही हुनुपर्छ । सबैभन्दा पहिला हाम्राे देश हाे, देश रहेमात्र हामी रहन्छाैँ । अपराधीहरूलाइ पक्राउ गर्दा बाताबरण बिग्रने भन्ने कुरा अाउँदैन । समग्र नेपालकै बाताबरण बिग्रिरहेकाे बेलामा अपराधीलाइ पक्राउ गर्दा केकाे बताबरण विग्रनु ?