Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

अायल निगम फेरी घाटामा, ग्यासकाे मुल्यमा समायाेजन, डिजेल, पेट्राेल र मट्टीतेलकाे मुल्य यथावत

Wednesday, February 1, 2017 National Power

१९ माघ, काठमाडाैँ – वैज्ञानिक तवरबाट मुल्य समायाजन गर्दै पछिल्लाे बर्ष नाफामा गएकाे अायल निगम पुनः घाटामा गएकाे छ । यस अघि ग्यासमा मात्र घाटा व्यहाेर्दै अाएकाे निगमले भारती अायल निगमकाे नयाँ मुल्य सुची अनुसार प्राय सबैमा घाटा हुने जनाएकाे छ ।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढेको छ ।

निगमले बुधबार राती १२ बजेदेखि लागू हुनेगरी प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । ‘भारतीय आय निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्य बढेर आएको छ,’ निगमका प्रवक्ता भानु खनालले भने, ‘नयाँ मूल्य बुधबार रातीबाट लागू हुनेछ ।’ नयाँ मूल्यअनुसार प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पर्नेछ । हाल १३ सय २५ रुपैयाँमा कारोबार हुन्थ्यो ।

प्रवक्ता खनालका अनुसार प्रतिसिलन्डर २५ रुपैयाँ वृद्धि गरे पनि प्रतिसिलिन्डर १ सय ६२ रुपैयाँ ५१ पैसा घाटा छ । ग्यासमा मात्रै पाक्षिक घाटा १५ करोड ३ लाख रुपैयाँ रहेको उनले बताए । निगमले पेट्रोल, डिजेल मटितेल र हवाई इन्धनको मूल्य भने समायोजन गरेको छैन । हाल प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा, मटितेल ७७ रुपैयाँ ५० पैसा, हवाई इन्धन आन्तरिकतर्फ ८६ रुपैयाँ पर्छ । नयाँ मूल्यअनुसार निगमको पाक्षिक घाटा २३ करोड ९३ लाख रुपैयाँ पुगेको प्रवक्ता खनालले बताए ।