Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

पर्यटनका लागी संगीत : MMC

Tuesday, February 28, 2017 National Power

१७ फागुन, काठमाण्डौ – आज राजधानीको पर्यटन वोर्डको लेक्चरल हलमा एक पत्रकार सम्मेलन गरि म्यूजिक माउन्टेनियरिङ्ग कल्चर एक्सपिडिसन नेपाल अर्गनाईजेशनको आयोजनामा नेपाल एसोसियसन अफ -याफ्टिङ्ग एजेन्सीज(नारा)को पूर्ण सहकार्य र एभरेष्टलाईन ईन्टरटेन्टमेन्टको को सह–तत्ववधानमा “पर्यटनका लागी संगीत”  भन्ने नारा दिएर यहि फागुन २१ गते शनिवारका दिन त्रिशुली नदीको फिस्लिङ्ग देखी कुरिनटार सम्म ७ किलोमिटरको दुरीमा जलयात्रा गर्दै विश्वमा नै पहिलो पटक वल्र्ड र्फस्ट टुरिजम -याफ्टिङ्ग राईडिङ्ग म्यूजिकल कन्सर्ट– २०१७ कार्यक्रम गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।

कार्यक्रमको वारेमा प्रष्ट पार्दै आयोजक संस्थाका अध्यक्ष एवं कार्यक्रमका टिम लिडर ईन्सु राईले भनेका छन् हामीले विश्वमै पहिलो पटक पर्यटनका प्रवद्धनका लागी जलयात्रा गर्दै संगीतिक प्रस्तुती दिनेछौ जसले नेपालमा जलयात्रा गर्नु सुरक्षित छ र यो असाध्यै रोमाञ्चकारी यात्रा पनि हो भनेर प्रचार प्रसार पनि गर्नु हो ।

कार्यक्रमलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत दर्ता गराईने प्रयास गरिने कार्यक्रममा वताईएको थियो । कार्यक्रममा प्रायोजकका तर्फवाट नेपाल खाद्य वैंकका अध्यक्ष रामराजा श्रेष्ठले वोल्दै भने नेपालको नामलाई उजागर गर्ने र पर्यटन प्रवद्धनमा सहयोग पु¥याउने यस्ता कार्यक्रमलाई प्रायोजन गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।

एउटा फरक मञ्चमा फरक किसिमले कार्यक्रममा प्रस्तुती दिन पाउने भएकाले आफु कार्यक्रमको लागी निक्कै उत्साहित भएको गायक धिरज राईले वताएका छन् । कार्यक्रममा विजय लामा, मनिषा पोखरेल, रेखा पौडेल, ईन्सु राई, टार्जन लिम्वु, वालकुमार श्रेष्ठ, डिजे विमल लगायतका कलाकारहरुको प्रस्तुती रहने कार्यक्रमका संयोजक प्रवेश सम्राट वरालले वताएका छन् ।
जलयात्रामा संगितीक प्रस्तुती सहितको यात्रा गराउनु निक्कै चुनौतीपुर्ण तर रोमाञ्चकारी हुने भएकाले हामी कार्यक्रममा सहभागी हुने कलाकार एवं अन्य अतिथिहरुलाई सुरक्षित एवं सहज यात्रा गराउनको लागी तयार रहेको एसोसियसन अफ ¥याफ्टिङ्ग एजेन्सीज(नारा) का माहासचिव शेखर थापाले वताएका थिए ।

कार्यक्रमको सभापतित्व गरेका चलचित्रकर्मी एवं आयोजक कमिटिमा व्यवस्थापक प्रमुख माधव राज खरेलले कार्यक्रम भव्य, सभ्य र सुसंकृत हुनेमा आफु विश्वस्त रहेको र त्यसका लागी प्रायोजकहरु, संचारकर्मीहरु र अन्य विविध क्षेत्रका व्यक्तित्वहरुको सहयोग रहनेमा आफु ढुक्क रहेको वताएका छन् । कार्यक्रमलाई संचारकर्मी लाक्पा शेर्पाले संचालन गरेका थिए ।