Sunday 17th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

साउदी राजाको भ्रमणमा ४ सय ५९ मेट्रिक टन कार्गो

Tuesday, February 28, 2017 National Power

एजेन्सी, फागुन १७ इन्डोनेसिया भ्रमणको तयारी गरेका साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजिजले भब्यढंगले इन्डोनेसियाको भ्रमण गर्ने भएका छन् । संचारमाध्यमका अनुसार उनले भ्रमणका क्रममा प्रयोग गर्न ४ सय ५९ मेट्रिक टन सामान पनि साथै लाग्ने छन्। भ्रमणका क्रममा उनी आफ्नै कार चढ्ने छन्।

त्यसका लागि २ वटा मर्सेडीज़ एस ६०० लिमोजीन कार पनि प्लेनबाट नै लगिने छ। उनका लागि दुईवटा विद्युतीय एलिभेटर पनि लगिने छ।

उनको सामान इन्डोनेसिया लैजाने जिम्मा पाएको एयरफ्रेइट कम्पनीजेएएसका अनुसार उक्त कार्यका लागि ५७२ श्रमिक परिचालन गरिने छ । यो हप्ता उनले इन्डोनेसियाको ९ दिने भ्रमण गर्दैछन्।

जकार्ता पोष्टका अनुसार इन्डोनेसियाको भ्रमणका क्रममा राजा सलमानको भ्रमण टोलीमा १५०० मानिस हुनेछन् जसमध्ये १० मन्त्री, २५ राजकुमार र १०० सुरक्षा गार्ड हुनेछन्।

साउदी राजा सलमानले सन् २०१५ मा अमेरिका भ्रमण गर्दा जर्जटाउनमा रहेको सबै फोर सेसन्स होटल भाडामा लिएका थिए। १००० जना रहेको उक्त भ्रमणका क्रममा स्थानीय समुद्री तट बन्द गरिएको थियो। राजाको सुरक्षा तथा गोपनीयताका लागि भन्दै तट बन्द गरिएपछि स्थानीय आक्रोशित भएका थिए ।