१६ फागुन, काठमाडाैँ – मन्त्रीपरिषद्काे वैठकले राजदुतका लागि सिफारिस भएका दुइ म्यानपावर व्यावसायीकाे नाम फिर्ता लिएकाे छ । पछिल्लाे समय म्यानपावरवाली राजदुतकाे रूपमा चर्चा र विवादमा रहेका दुइ व्यक्तिहरू अाशा लामा र शर्मिला पराजुलीकाे नाममा राजदुतकाे सिफारिस भएकाेमा मन्त्री परिषद् वैठकले फिर्ता लिएकाेे हाे ।
लामालाइ नेपाली काँग्रेसले युएइकाे लागि र पराजलीलाइ फाेरम लाेकतान्त्रिकले अाेमनकाे लागि राजदुतमा सिफारिस गरेकाे थियाे । यी दुई राजदूतबारे बिबादास्पद प्रसंग तथा तथ्यहरु बाहिर आएकाले उनीहरुको सिफारिस फिर्ता लिइएको श्रोतले जनाएकाे छ ।