Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

मधेशी माेर्चाकाे छुट्टै संसाेधन प्रस्ताव दर्ता

Sunday, February 26, 2017 National Power

१६ फागुन, काठमाडाैँ – संविधान संसाेधनकाे लागि मधेशी माेर्चा लगाएत केही सांसदहरूले संसदमा संसाेधन प्रस्ताव दर्ता गराएका छन् । संसद सचिवालयका श्राेतका अनुसार मधेशी माेर्चा विशेषगरी प्रदेशहरूकाे सिमांकनका विषयमा संसाेधन प्रस्ताव दर्ता गराएका छन् भने भाषाकाे सम्बन्धि तथा राष्ट्रिय सभा गठनका विषयमा पनि संसाेधन दर्ता गराएका छन् ।

यसै गरी कांग्रेस सांसद चन्द्र भण्डारी र माअाेवादी केन्द्रका नेता टाेप बहादुर रायमाझीले समेत प्रदेश सभाकाे सहमति बिना प्रदेश नं ५ मा कुनै हेरफेर गर्न नपाइने भन्दै अर्काे संसाेधन प्रस्ताव दर्ता गराएकाे बुझिएकाे छ ।

अाइतबार साँझ मधेशी माेर्चाका ३६ जना सांसदहरूले दर्ता गराएकाे संसाेधन प्रस्ताव यस्ताे रहेकाे छ ।

प्रदेश न. १: ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा र उदयपुर
प्रदेश नम्बर २: सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सार्, झापा, मोरङ सुनसरी र चितवनका ११ गाविस
प्रदेश नम्बर ४: गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुम -पूर्वी भाग)
प्रदेश नम्बर ५: नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
प्रदेश नम्बर ७: बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा