Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

युवाको कुटाइबाट जीपका सहचालकको मृत्यु

Sunday, February 26, 2017 National Power

फागुन १५ ,बझाङ-बझाङको दौलीचौरमा स्थानीय युवाको कुटाइबाट जीपका सहचालकको ज्यान गएको छ ।

शनिबार बेलुका स्थानीय युवाले खेलिरहेको भलिबल जीपले च्याप्दा फुटेपछि भएको विवादको क्रममा जीपका सहचालकको ज्यान गएको हो ।भलिबलको विषयमा भएको विवादको क्रममा झडप हुँदा स्थानीय युवा दिपेन्द्र बोहराको कुटाइबाट जीपका सहचालक दौलीचौर–८ का दिनेश बोहराको ज्यान गएको प्रहरीले जनाएको छ ।

कुटाइबाट गम्भीर घाइते भएका दिनेशको जिल्ला अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । दिनेशलाई कुट्ने दिपेन्द्र फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।