१५ फागुन,पोखरा-नेकपा एमाले का नेता माधवकुमार नेपालले संविधान कार्यान्वयन, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सङ्घीयता र समावेशीताजस्ता प्राप्त उपलव्धिको रक्षा गर्दै समृद्धिका लागि मुलुकमा शान्तिपूर्ण निर्वाचनको अपरिहार्य आवश्यकता रहेको छ भन्नुभयो ।
प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन लगत्तै आयोगमार्फत १६५ निर्वाचन क्षेत्रको सिमाङ्कन टुङ्ग्याएर प्रादेशिक निर्वाचनमा जुट्नुपर्नेमा जोड दिदैं उहाँले नेपाल र नेपाली जनताको हित विपरीत आएको संविधान संशोधनको प्रस्तावका विपक्षमा एमाले सहितका राजनीतिक दल रहेको छ भन्नुभयो ।