Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

भारतको पिथौरागढमा एक नेपाली मृत भेटिए

Saturday, February 25, 2017 National Power

१४ फागुन, बैतडी- भारतमा काम गर्न गएका एक नेपाली मृत अवस्थामा फेला परेका छन् ।
मृत भेटिनेमा दार्चुला धारी–२ का ४० वर्षीय चन्द्रसिंह कुँवर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

भारतको पिथौरागढमा काम गर्न गएका उनी त्यहाँको धारचुलाको निङलपानीमा मृत अवस्थामा भेटिएका प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । उहाँका अनुसार मृतक कुँवरको टाउकोमा गम्भीर चोट रहेको र नाक तथा कानबाट रगत बगेको अवस्थामा शव फेला परेको थियो ।