Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आशङ्का: नेता नेपाल

Saturday, February 25, 2017 National Power

१४ फागुन, पर्वत- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ले सरकारको सुस्त गतिको तयारीका कारण चुनाव हुनेमा आफू विश्वस्त हुन नसकेको बताउनुभया

पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले एकातिर मधेसी दलको विरोध अर्कोतर्फे सत्ताको नेतृत्व गरेका दल निर्वाचनप्रति गम्भीर नभएका कारण चुनाव भइहाल्छ भनेर ढुक्क हुन सकिने वातावरण नभएको बताउनुभयो ।

नेता नेपालले संविधानको कार्यन्वयन अहिलेको मुख्य चुनौती रहेको र यसको कार्यन्वयन नभएमा विभिन्न सक्तिहरु टाउको उठाउन सक्छन् ,तसर्थ राजनीतिक दलहरुका विचमा एकताको खाँचो रहेको छ भन्नुभयो ।

संविधान संशोधन प्रस्ताव मुलुकको हितमा नरहेको बताउँदै नेता नेपालले एमाले कुनै पनि हालतमा यसको पक्षमा रहँदैन भन्नुभयो ।