Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

तीन दिने कलेक्शन ३ करोड हुनसक्ने अनुमान

Saturday, February 25, 2017 National Power

शुक्रबार देखि प्रदर्शनमा आएको निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ ले बम्पर ओपनिङ गरेको छ । शिवरात्रीको अबसरमा विदाको दिन पारेर प्रदर्शनमा आएको फिल्मले हाउसफूल ओपनिङ गर्यो ।

जानकारीमा आएअनुसार फिल्म काठमाडौंका सबैजसो मल्टिप्लेक्स अनि सिंगल स्कृनमा हाउसफूल छ भने राजधानी बाहिरका मेजर स्टेशन नारायणगढ, पोखरा, हेटौँडा, बुटवल, बिर्तामोड सबैतिर उत्तिकै मात्रामा दर्शकको साथ पाएको छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, एलिशा राई, कर्मा शाक्य, कामेश्वर चौरासिया, विपिन कार्की, सुशिल पाण्डे, ऋचा शर्मा लगायत लिड अभिनयमा छन् । शनिबार अनि आइतबार पनि लगातार परेको विजनेसले फिल्मको पहिलो तीन दिने कलेक्शन ३ करोड बढिको हुनसक्ने अनुमान छ ।