Friday 3rd December 2021

    कक्षा १२ को नतिजा प्रकाशित    अनन्त र प्रवीषा को "सानो कुरामा" सार्वजनिक    नवौं म्यूजिक खबर म्यूजिक अवार्ड २०२१ को उत्कृष्ट पाँचलाई मनोनयनको प्रमाणपत्र प्रदान    गायक मोहन राई सांस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित    तेस्रो ग्लोबल अन्तर्राष्ट्रिय सम्मेलन डिसेम्बर ११ मा

रामापुरमा नेविसंघका इका सहसचिव माथि कुटपिट

Friday, February 24, 2017 National Power

१३फागुन,बुटवल–नेविसंघ रामापुर बहुमुखी क्याम्पस सैनामैनाका इकाइ सहसचिवलाई अज्ञात समूहले अपहरण गरेको छ । बेलुका घर फर्किदै गर्दा विहीबार साझ बाइकमा आएका युवाहरुले सोनु चौधरीलाई अपहरण गरेको नेवि संघले बताएको छ ।
रातभरी आफ्नै कब्जामा राखेर कुटपिट गरी विहानतिर उनलाई छोडिएको छ ।उनलाई अपहरणकारीको समूहले शुक्रबार बिहान ३ वजेतिर सैनामैना कलौनीको प्रतिक्षालय नजिकै ल्याएर छोडिएको थियो ।
चौधरीलाई आँखामा पट्टी बाँधेर मरणासन्न हुने गरी पिटेको थियो ,उनको लुम्बिनी अञ्चल अस्पतालमा उपाचार भइरहेको नेवि संघले जनाएको छ ।