Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

आज शिवरात्री भव्यरुपले मनाईदै

Friday, February 24, 2017 National Power

१३फाल्गुन , काठमाण्डौ – पशुपति क्षेत्र विकास कोषले यस वर्षको शिवरात्रिमा पशुपति दर्शन गर्न आउने भक्तजन मन्दिर परिसरमा प्रवेश गरेको आधा घन्टादेखि ४५ मिनेटसम्ममा दर्शन गर्न पाउने गरी व्यवस्था मिलाएको छ ।

कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले गत वर्षको भन्दा छिटो दर्शन गर्न पाउने व्यवस्था गरेको र ४५ मिनेटसम्ममा दर्शनको व्यवस्था मिलाउने लक्ष्य लिइएको बताए ।

सर्वसाधारणलाई सुविधा होस् भनेर यसपटकदेखि कोषले विशेष पास र मूल समारोह समिति पनि हटाएको छ । यस्तै, भक्तजनको सहजताका लागि विशेष फर्माइसी पूजा र चार प्रहरको फर्माइसी पूजा पनि स्थगित गरिएको कोषले जनाएको छ ।

महाशिवरात्रि पर्वका लागि आवश्यक रकम तथा पुजाआजाका लागि सम्पूर्ण तयारी पूरा भएको कोषले जनाएको छ । शिवरात्रि पर्वलाई सहज तथा सुरक्षित बनाउन ४ हजार नेपाल प्रहरी, २ हजार ५ सय सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सिभिल सुरक्षाकर्मी खटाइएको छ । शिवरात्रिको अवसरमा शुक्रबार १३ लाख भक्तजनले पशुपति मन्दिर दर्शन तथा पूजाआजा गर्ने अपेक्षा गरेको समेत कोषले जनाएको छ । कोषका अनुसार शिवरात्रिका लागि ५ हजार साधुसन्त आइपुगेका छन । संस्थानको तर्फबाट पशुपतिनाथ मन्दिर परिसर, राम मन्दिर, मृगृस्थली गोरखनाथ, भष्मेश्वर र निर्मल अखडा लगायतका क्षेत्रमा आवश्यक सामग्रीको व्यवस्था गरिसकेको गुठी संस्थान पशुपति शाखा प्रमुख खिमा वलीले बताइन् ।

मन्दिरमा सहभागी साधुसन्त, महात्मा, सन्यासीका लागि संस्थानले फाल्गुन कृष्ण एकादशीको दिन विभिन्न सामग्रीहरू (राडी, च्यादर, बख्खु, कमण्डलु, शंखघण्ट, पीताम्बरी, लोटा, सिदा) राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प गराएर ल्याएको र बिदाइको दिन वितरण गरिने जनाएको छ । शुक्रबार महाशिवरात्रिका दिन बिहान गुठी संस्थानले पशुपतिनाथमा पञ्चामृत स्नानसहित पूजा गरेको छ ।

महाशिवरात्रि अवधिभर साधुसन्त, महात्मा, सन्यासीहरूले धुनी बाल्न ३८ हजार किलो दाउरा गुठी संस्थानले व्यवस्था गरेको उनले बताइन् । संस्थानले पशुपति परिसरमा नागा साधु, आर्यघाट पारी राम मन्दिरमा वैष्णव साधु, गोरखनाथ मठ मृगस्थलीमा नाथजी, भष्मेश्वर र राजराजेश्वरी अखडामा उदासी साधुहरूका लागि व्यवस्था गरेको जनाएको छ ।

मित्रपार्क–उमाकुण्ड–दक्षिणमूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाको सिंढीबाट एक लाइन, गौशाला–वनकाली–चार शिवालय–पञ्चदेवल–बज्र घर हुँदै दक्षिण ढोका चौसट्ठी लिङ्गबाट अर्को लाइन र पूर्व ढोकाबाट अर्को लाइन मन्दिर प्रवेशको व्यवस्था मिलाइएको छ ।