राप्रपाका युवा नेता धन बहादुर बुढा केन्द्रिय सदस्यमा भारी मतले बिजय हुनु भएको छ ।
पार्टी भित्र र कार्यकर्ताको माझ राम्रो छवि बनाउनु भएका बुढा कर्णाली आरक्षणबाट निर्बाचित हुनु भएको हो । हिजो भएको एक कार्यक्रममा कार्यकर्ताले उहाँको भब्य स्वागत गरेका थिए ।
पार्टीमा प्रष्ट बक्ताको रुपमा चिनिने बुढा राप्रपा बिद्यार्थी संगठनको २ चोटी केन्द्रिय अध्यक्ष , एक चोटी निर्बाचित केन्द्रिय सदस्य र प्रदेश न छ को प्रमुख हुनु हुन्थ्यो ।