Thursday 14th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

निर्वाचनले ११ र १२ को परीक्षा प्रभावित

Thursday, February 23, 2017 National Power

१२ फागुन,काठमाण्डौँ – बैशाख ३१ मा हुन गइरहेको स्थानीय तहको चुनावले कक्षा ११ र १२ को वार्षिक परीक्षा प्रभावित हुने भएको छ ।

निर्वाचन आयोगले तालिका सार्वजनिक गरिसकेको छ भने बैशाख २५ देखि ३१ गतेसम्म सबै विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ ।साथै विद्यालयलाई मतदान केन्द्रका रुपमा प्रयोग गर्न र निर्वाचन को तयारीमा सहयोगका लागि आयोगले त्यस्तो निर्णय लिएको हो ।

कक्षा ११ को परीक्षा पूर्ण रुपमा प्रभावित हुने निश्चित भइसकेको राष्ट्रिय परीक्षा बोर्डका कार्यकारी प्रमुख डिल्ली रिमालले बताए । बैशाख २४ देखि जेठ ३ सम्म थियो ,अब यहि बिचमा स्कुल तथा क्याम्पसहरु बन्द भएपछि परीक्षा सञ्चान गरिदैन् उनले भने ।निर्वाचन आयोगसंग परामर्श गरेर कक्षा ११ र १२ को नयाँ तालिका सार्वजनिक गर्ने तयारी भइरहेको छ ,