Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सहमतिमै संशोधन प्रक्रिया अघि बढाउने निष्कर्ष

Thursday, February 23, 2017 National Power

१२फागुन,–विहीबारदेखि व्यवस्थापिका संसद सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल,प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र सभामुख ओनसरी घर्तीबीच संशोधन विधेयक अघि बढाउने सहमतिपछि संसद खुल्ने भएको छ ।

आज विहान सिंहदरवारमा तीन पक्षीय छलफलको सहमतिमै संशोधन प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेको सभामुख घर्तीले बताइन् ।

संसदको बैठक सञ्चालन हुने तथा संविधान लगायत कार्यसूचीमा रहेको विषयमा प्रक्रियागत रुपमा आजैबाट अगाडी बढाउन प्रतिपक्षले सहयो गर्ने भएको घर्तीले बताइन् ।