Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

जिल्लाका सीडीओ तथा सहायक सीडीओको काज सरुवा

Thursday, February 23, 2017 National Power

१२ फागुन,–स्थानीय तहको निर्वाचनको घोषणा गरेसंगै सरकारले व्यापक रुपमा सरुवा र नियुक्ति थालेको छ ।
मन्त्रिपरिषद्को फागुन ९ गते बसेको बैठकले बैशाख ३१ गते स्थानीय निर्वाचन गर्ने निर्णय गरेकोमा त्यो भन्दा अघि सरकारले विभिन्न जिल्लाका प्रमुख अधिकारीसंगै सचिव,सहसचिव,उपसचिवको सरुवा गरेको छ ।
यसै क्रममा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरिएको छ । सुदूर पश्चिममा पनि ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरिएको छ ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंह ठकुरीको गृह मन्त्रालयमा सरुवा गरिएको छ भने उनको स्थानमा गृह मन्त्रालयबाट जनकराज भट्ट काजमा आउने भएका छन् ।त्यसै गरी बैतडीका प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीको पनि जिल्ला प्रशासन कार्यालय धनुषामा सहायक जिल्ला अधिकारीका रुपमा काज सरुवा गरिएको छ ।प्रमुख जिल्ला अधिकारीको रुपमा इलाका प्रशासन कार्यालय लहानबाट तुलसी पौडेल बैतडी जाने भएका छन् । यस्तै बझाङका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको पनि गृह मन्त्रालयमा काज सरुवा गरी उनको स्थानमा गृह मन्त्रालयबाट केशव बहादुर थापा जाने भएका छन् ।
यसै गरी डोटीका सहायक जिल्ला अधिकारी शंकर बहादुर बिष्ट भने अछाममा प्रमुख जिल्ला अधिकारीको रुपमा काज सरुवा भएका छन र अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा काज सरुवा भएका छन् । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई भने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल अध्यागमन कार्यालयमा काज सरुवा गरिएको छ उनको ठाउँमा भने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी जाने भएका छन् ।