Tuesday 16th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

बंगलादेशमा अफगानिस्तानकाे साहेन अस्माइसंग मनाङकाे हार

Wednesday, February 22, 2017 National Power

११ फागुन, बंगलादेश – शेख कमल अन्तराष्ट्रिय क्लब कप प्रतियाेगितामा नेपालकाे मनाङ मर्याङदी क्लब अफगानिस्तानकाे साहेन अस्मान फुटबल क्लबसंग ३–१ गाेल अन्तरले पराजित भएकाे छ । याे संगै क्वाटरफाइनलमा पुग्न मनाङ चितगाउँसंगकाे खेल जित्नै पर्ने भएकाे छ ।

पहिलाे हाफमा १ शुन्यले पछि परेकाे मनाङले दाेश्राे हाफमा उत्कृष्ट खेल खेले पनि काउण्टरमा दुइ गाेल खान पुग्याे । दाेश्राे हाफकाे मध्यतिर २ शुन्यले पछि परेकाे मनाङले विमल बस्नेतकाे गाेल मार्फत खेलमा फर्कने काेसिस गरेकाे थियाे । तर त्यसकाे केही समय पछिनै मनाङका अफिजले डि एरियामा ह्यान्ड गरेपछि पेनाल्टी पायाे र गाेल गर्न सफल भयाे । उस्का लागि तीनै गाेल कप्तान अमिरूद्दीन सरिफीले गरेका थिए ।