Saturday 31st October 2020

    राष्ट्रिय समाचार समितिका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण    आमिरबिरुद्ध उजुरी, यस्तो छ उनलाई लागेको आरोप    आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान आजबाट शुरु हुँदै, सौभाग्य मिल्ने विश्वास    सुजाताले गरिन् काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा    बालुवाटारमा ‘कोर-टिम’ सँग ओलीको छलफल

खुला देह व्यापार, कानुनलाई चूनौति

Thursday, January 19, 2017 National Power


२०६८ मा पावरन्युज राष्ट्रिय मासिकमा प्रकाशित

देह व्यापारलाई नेपालमा गैरकानुनी रुपमा लिईन्छ । नेपालको अन्तरिम संविधान २०६३ मा देह व्यापार सम्बन्धि प्रावधान उल्लेख गरेको छ, र जस्मा नेपालको सिमा भित्र हुने कुनै पनि किसिमको देह व्यापारलाई गैर कानुनी भन्दै सजायको व्यवस्था गरेको छ । नेपालमा यसलाई सामाजिक अपराधको रुपमा चित्रण गरिएको मात्रै होईन यसै कारण समाजमा विकृति फैलाएको ठहर गर्दै यस संलग्नलाई समाजमा नकारात्मक दृष्ट्रिकोणबाट हेर्ने गरिएको छ । तर यसलाई समाजको विकृतिको रुपमा लिईने भएपनि कतिपय स्थानमा परम्परागत देह व्यापारको रुपमा आज प्रयान्त जारी रहेको छ । पश्चिम नेपालको दाङ, बाँके, बार्दिया लगाएत का स्थानमा अझै पनि वादी समूदायको वसोबास रहेको छ, र उनीहरुको पूख्र्यौली पेशा भनेको आज पनि देह व्यापार नै हो । राजमार्ग भएर ओहोर दोहोर गर्ने मानिसहरुलाई यौन सन्तुष्टि दिने उनीहरुको पेशा रहेको छ ।
यो त नेपालमा परम्परा देखि चलिआएको परम्परागत देह व्यापार रह्यो । तर आज देशको हरेक शहरमा गैरकानुनी देह व्यापार यति फस्टाएको छ की, अब सरकारलाई यसलाई कानुनी मान्यता दिएर कानुनी दायरामा ल्याउनुको विकल्प देखिदैन । यो पेशामा लाग्नेहरुको लागि प्रमुख शहरहरुमा एउटा निश्चित एरिया (रेडलाईट) छुट्याएर कानुनी दायरामा ल्याउन सके गैर काननी कृयाकलापलाई रोक्न सहयोग पुग्ने थियो र प्रहरीले बेला बेलामा कानुन पालना गर्ने नाममा गर्ने धरपकडलाई र नाटकलाई पनि कम गर्न सकिन्थ्यो ।
सरकारले नेपालमा गैर कानुनी देह व्यापारलाई रोक्न जे जस्तो ऐन नियम तथा कानुनहरु बनाएको र कार्यान्वयन गरेको भएता पनि त्यसले देह व्यापारमा कमी ल्याएको होईन अझै विकृति फैलाएको छ । कतिपय मानिसहरुले यो पेशालाई रहरले भन्दा पनि वाध्यताले अपनाएको देखिन्छ । जब बाध्यताले यो पेशा अपनाउनेहरुको जमात बढीरहेको छ भने त्यसलाई कानुनको कार्यान्वयनले नियन्त्रण गर्न निकै कठिन हुने जानकारहरुको ठम्याई छ । कतिपयहरुको लागि यो पेशा नगर्दा पनि हातमुख जोर्न गाह्रो पर्ने र प्रशासनको धरपकडले लुकी लुकी, चोरी चोरी गर्नु पर्ने अवस्थामा समाज संधै अशान्त र भयभित हुनुपर्ने, प्रशासनले बेला बेलामा गर्ने धरपकडबाट समाज र व्यक्तिको चरित्रमा पनि दाग लाग्ने भयले संधै त्रासित बनाईरहेको हुन्छ ।
एक त नेपाललाई पर्यटन विकासको माध्यमबाट आर्थिक सम्पन्न बनाउने सपना देख्ने नेपालका नीति निर्माताहरुले पनि नेपाललाई कानुनी रुपमा यौन मैत्री देशको रुपमा चिनाउन सके अझ यसमा सहयोगी हुन सक्ने धारणा राख्नेहरुको पनि कमि छैन । तर के नेपाललाई कानुनी रुपमा देह व्यापारलाई खुला गर्ने वित्तिकै यस क्षेत्रमा रहेका समस्याको समाधान हुन्छ त ? यस बाट फैलन सक्ने विकृति विसंगतिहरुलाई नियन्त्रण गर्न सकिएन भने यसले अझ जटिल रुप लिन सक्छ । नेपालमा यो पेशाले कानुनी मान्यता नपाएका कारण यो पेशामा लाग्नेहरुको संख्या कति छन् भन्ने तथ्याङ्क कसै संग पनि छैन । यसै कारणले पनि यसबाट फैलन सक्ने सामाजिक अपराध, विकृति तथा अवैधानिक देह व्यापारको स्थितीको बारेमा न यसका सरोकारवालाई थाहा छ, नत प्रहरी प्रशासनहरुलाई नै । यसका लागि कानुनी रुपमा बाटो खुला गर्ने संगै यसलाई नियमन गर्ने निकायको पनि व्यवस्था गर्नुपर्छ । जस्ले यसलाई पेशा बनाउनेहरुको स्वस्थ्य जाँच देखि लिएर, निश्चित समय र एरिया, उमेर, एड्स तथा यौन जन्य रोगहरुको संक्रमणबाट बच्ने साधनहरुको प्रयोगको बारेमा पनि अनुगमन गर्न सक्नु पर्दछ ।

काठमाडौँमा गैर कानुनी देह व्यापार
यस्तै राजधानी वाहिर देखि काठमाडौँ पढ्न आउने यूवतीहरु प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको भेटिएको छ । त्यसमा श्रीमान् ने छोडेको, दिनभरी ज्याला मजदुरी गर्ने, आर्थिक अवस्था कमजोर भएकाहरु प्रमुख रुपमा यो पेशामा लाग्ने गरेको पाईएको छ । यसका साथै काठमाडौँ रहेका धनाढ्य परिवारका सदस्यहरु पनि यो क्षेत्रमा संलग्न छन् । उनीहरुले यसलाई पेशाको रुपमा भन्दा पनि आफ्नो यौन चाहाना पुरा गर्ने रुपमा मात्र यसलाई लिएका छन् ।  जसरी यसलाई पेशाको रुपमा अँगाल्नेहरु कन्ट्याक्टको भरमा, डान्स रेष्टुरेन्ट, मसाज सेन्टर, वारमा आउने ग्राहाकहरु संग आफ्नो यौन धन्दालाई पनि अघि बढाईरहेका हुन्छन् । अझ सार्वजक ठाउँहरुमा नै बसेर खुलेआमा ग्रहाकहरु संग वाग्रनिङ गरिरहेका देह व्यापारीहरुको संख्या र त्यस्ता सार्वजनिक ठाउँ पनि पछिल्लो समयमा बढ्दै गईरहेको छ । काठमाडौँका सार्वजनिक पार्क, रेष्टुरेन्ट, चोक तथा गल्लीहरुमा समेत खुलेआम रुपमा गैर कानुनी देह व्यापारको श्रृङखला बढ्दो रहेको छ ।
यस्तै हामीले काठमाडौमा पछिल्लो समय खुलारुपमा बढ्दै गएको गैर कानुनी देह व्यापारको बारेमा सत्य तथ्य पत्ता लगाउन लाग्यौँ । रत्नपार्क जहाँ काठमाडौँको प्रमुख मुटु मानिन्छ, जुन ३० मिटिरको दुरीमा महानगरिय प्रहरी वृतको कार्यालय नजिक रहेको छ, त्यहाँ खुलेआम देह व्यापारी र ग्रहाकहरुको विचमा वाग्रेनिङ हुने खबर पाएपछि त्यहाँको वास्तविकता बुझ्न त्यतातीर जाने निर्णय ग¥यौँ । जब हामी रत्नपार्क पुगेर त्यस्तो पात्रको खोजीमा लाग्यौँ तब हामीले फेला पा¥यौँ एक पात्र ।

रत्नपार्क–देह व्यापारीहरुको प्रमुख केन्द्र
रत्नपार्कमा यौन व्यावसाय गर्नेहरुले खुलेआम ग्रहाकहरु संग वाग्रेनिङ्ग गर्ने जानकारी पाए पछि साथी समिर र म त्यहाँको वास्तविकता बुझ्न त्यता लागेका थियौँ । हामी लगभग साँझाको ५ः३० बजे रत्नपार्क पुग्दा लगभग पुरै भरिएको स्थिती थियो । रत्नपार्क पुग्दा त्यहाँको रौनकै भिन्दै, कोही व्यापार गरिरहेका, कोही चटक देखाई रहेका, कोही समूह समूह बनाएर राजनीतिक गफ चुटीरहेका आदी ईत्यादी । पार्कको बाटो पट्टीको छेउमा एक हुल महिलाहरु बसिरहेका थिए, तिनिहरुलाई हेर्ने रमितेहरु पनि कम्ता थिएनन् । कोही नजिक गएर केही कुरा गर्दै थिए त कोही परै बसेर तिनिहरुको गतिविधि निहाली रहेका थिए । उनीहरुको हाउभाउ, मेकअप, बोलीचालीले गर्दा हामीलाई यौनकर्मी हुन भनेर छुट्टाउन खासै गाह्रो भएन । तर तीनीहरु सबै लगभग ३५ बर्ष नाघेका जस्तो देखिन्थे । कोही त लगभग ४५–५० बर्षका सम्मका पनि देखिन्थे । साथी समिर र मैले अब यीनीहरु संग नै मिलाएर कुरा गर्नु पर्छ भन्ने सल्लाह ग¥यौँ तर तत्काल गएर उनीहरु संग कुरा गर्न यति कठिन स्थिती थियो कि उनीहरु पुरै मोलमोलाई गरिरहेको अवस्थामा हाम्रो उद्देश्य सफल हुने थिएन । भर्खर १७–१८ बर्षका केटाहरु देखि लिएर ५० नाघेका बृद्धहरु पनि खुलेआम मोलमोलाईमा व्यस्त भएको देख्दा हामीलाई अचम्म लागि रहेको थियो । ५० मिटरको दुरीमा रहेको महानगरिय प्रहरी आयुक्तको कार्यलय छेउमा नै देह व्यापारको खुला रुपले प्रहरी प्रशासनलाई दिउँसै जिस्काई रहेको भान हुन्थ्यो ।
हामी तत्काल उनीहरुको छेउमा गएर कुरा गर्ने स्थिती नभईसके पछि नजिकै रहेको घुम्ती पसलमा एक छिन बस्ने विचार ग¥यौँ । साथी समिरले एक बोतल पानी किनिसकेपछि पैसा दिन लाग्दा पसलकी साहुनी संगै बसेकी यूवतीलाई पैसा लिन आग्रह गर्दै कुन्नी कता लागिन् । ५० रुपैयाको नोट दिँदा एक बोतल पानीको २५ रुपैया कटाएर २५ फिर्ता दिन लाग्दा समिरले “एक बोतल पानीको २५ रुपैया त महँगो भएनर” भनेर सोध्दा ती यूवतीले “तपाई पहिलो चोटी रत्नपार्क आउनु भएको हो की क्या हो ” भनेर ठाडो जवाफ दिईन । अनि मैले “अलि राम्रो संग बोल्दा पनि त हुन्थ्यो होला नी” भन्दा तीनले यहाँ “राम्रो साम्रो केही होईन पैसा भयो भने सबै राम्रो हुन्छ नभए यस्तै हो” भनी । जेजे भएपनि उनले एक बोतल पानीको २५ रुपैँया लिई छाडिन् । हामी संग अरु विकल्प पनि थिएन । झगडा गरेर बस्ने कुरा भएन । हामी त केही समय कटाउन त्यहा गएका थियौँ । त्यसैले एकछिन त्यही बस्ने विचार ग¥यौँ । एकछिनमा हामीलाई पानी दिने ती यूवतीले “तपाइहरु पनि फ्रेस हुन आउनु भएको हो की क्यो हो ?” भनेर सोधिन् – अनि मैले पनि “हो,  पार्कमा फ्रेस हुन आउने त हो नी” भन्ने आशयको जवाफ फर्काउन नभ्याउँदै उनले “किन बसेको त ? भने जस्तो भेटिएन” भनेर सोधिन् । त्यस पछि मलाई विस्तारै लाग्यो की यीनी पनि सायद यौन कर्मी हुनु पर्छ । अनि मैले उनको घर सोधेँ, उनले दाङ्ग भनीन् । यहाँ के गर्नु हुन्छ मेरो प्रश्न थियो । “हल्लिने खान”े उनको उत्तर थियो । “हल्लेर खान पुग्छ र ?” मेरो पछिल्लो प्रश्नको उत्तर खस्न नपाउँदै उनले भनीन्, “त्यही त गाह्रो भईरहेको छ नी । ह्या चुपलाग्नुस्” उत्तर संगै जोडिएको उनको दिग्दारीपनले अली हच्कायो । हाम्रो उद्देश्य त सत्य तथ्य खोतल्नु थियो । एकछिन पछि समिरले फेरी सोध्यो “कहाँ बस्नु हुन्छ नी ?” “किर्तिपुरमा दिदिहरु सँग ।” “ए अनि दिदि के गर्नुहुन्छ नी ?” मेरो अर्को प्रश्नमा उनले उत्तर दिईन, “मेरो आफ्नै दिदि होईन गाउँको हो नाता पर्ने बल्खुमा होटेल छ ।” “ए भिनाजु पनि संगै हो ?” समरिले सोध्यो “दिदिको पनि विहे भएको छैन । ह्या कस्तो तपाईहरु त मलाई जागिर दिन लागेको हो की क्या हो ? ईन्टरभ्यू लिए जस्तै गर्नुभयो ।” ईन्टरभ्यू नै लिएको हो भन्न मुखमै आईसको  थियो । फेरी अहिले नै भन्दा हच्किएला भनेर चुप रहेँ । अनी भने “होईन यसो गफ गर्ने मेलो ।” “कि अघि पानीको पैसा धेरै लियो भनेर जे पायो तेही सोध्नु भएको त होईन ?” हाँस्दै व्याङग्यात्मक पारामा सोधीन् । “खै बाहाना चाँही त्यही भयो” समिर बोल्यो । अनि तपाई के गर्नुहुन्छ रे ? “खै आफ्नो बारेमा त केही पनि भन्नु भएन नी !” मैले सोधेँ । “के गर्नु यस्तै हो ।” उनले भनीन् । “मतलब यस्तै हो भनेको ?” ह्या थाहा छैन । भन्नु न की भन्नै नहूने काम गर्नु हुन्छ  ? भन्न कीन नहुने नी । त्यसो भए किन लुकाउनु भएको त ? “तपाईहरुको को हो मैले कसरी भन्ने यहाँ के गर्न आउनु भएको रत्नपार्कमा ? त्यो पनि यति खेर ।” उनले हामी तर्फ प्रश्न ते¥याईन । “के गर्न हुनु नी यसो घुम्न आएको यहाँ रमाइलो हुन्छ बेलुका भन्ने खबर पायौँ त्यसैले घुम्न आएको ।” समिरले भन्यो ।  “ए त्यसो भए रमाईलो गर्न आउनु भएको ?” उनले फेरी सोधिन् । “अँ त्यसै भन्नु प¥यो ।” हाम्रो उत्तरमा उनले भनीन् “त्यसो भए ऊ त्यता जानुस् न त रमाइलो गर्न ।” अघि हामीले देखेको एक हुल महिला पटी देखाउँदै उनले भनीन् । “होईन हामीलाई यही ठीक छ ।” हामीले भन्यौँ । “त्यही त होनी केटाहरु तरुनी देखेपछि बुढीहरु भएको ठाउँमा त किन जान्थे र ।” उनले फेरी हामी प्रति व्याङग्य गरिन् । “त्यस्तो चाँही अलि होईन की । चिया खाने हो ? जाडो भयो ।” समिर ले भन्यो । “यहाँ त के खानु यार खाए पनि बाहिर गएर खाउँला ।” मेरो कुरामा उनले पनि थपिन र भनीन् “हो यहाँ ठीक हुँदैन बाहिर नै राम्रो हुन्छ ।” अनि मैले सोधेँ “तपाई पनि खाने हो ?” “खुवाए देखि खाने ।” उनले भन्ने वित्तिकै “ल हिड्नु बाहिर जाउँ ।” हामी तीनै जना त्यहाँबाट उठ्यौँ ।


रत्नपार्क नजिकै रहेको एउटा सामन्य बेकरी क्याफेमा हामी गयौँ । अब चाँही हामीले चाहेको कुरा आउँछ की जस्तो लागिरहेको थियो । उनलाई अलि अघि लगाएर हामी दुई जना अलि पछि त्यहाँबाट निस्कियौँ । अब हाम्रो वास्तविकता भन्ने की भन्ने कुरा हुँदा अहिले नभन्ने अहिले सबै कुरा खोलेमा सबै आउँदैन । हाम्रो निष्कर्ष रह्यो । हामी पुग्नु भन्दा अगाडी नै उनी त्यहँ पुगेर चिया अर्डर गरिसकिछन् । हामी पुग्नासाथ उनले भनीन् “कस्तो भोक लागि रहेको छ । एउटा दुनोट खाउँ  है ।” मैले भने “फेरी हामी संग त पैसा छैन नी ।” मैले यति भन्नासाथ उनले भनीन् “यति जाबो दुनोटको पैसा तिर्न त सकिहहाल्छु नी ।” “त्यसो भए हाम्रो पनि तिरिदिने हो ?” समिर ले भन्यो । “तिरिदिन्छु यति तिर्न पनि सक्दिन त ?” उनले भन्नासाथै “अनि काम केही छैन भन्नुहुन्छ कसरी तिर्नुहुन्छ ?” “अलि अलि पैसा त कामै नभए पनि भईहाल्छ नी ।” यति भन्ना साथ उनले  हामीलाई प्रश्न हरु सोध्न थालिन् । “त्यहाँ सबै जनाले सुन्ने भएर मात्र हो । ल भन्नुस तपाईहरु कति पैसा दिने ?” मतलब ? हामीले अनविज्ञता प्रकट ग¥यौँ । “के नाटक गरिरहको एकछिनको १२०० हो, होल नाईट बस्ने भए ४००० लाग्छ ।” समिर ले भन्यो–“हामी एक छिन बस्ने हो तर १२०० तिरेर होईन ।” “के सित्तैमा खोजेको ? उनले झर्को मानिन् । “मलाई थाहा छ, तपाईहरु को हो किन आएको यहाँ र मेरो पछि किन लाग्दै हुनुहुन्छ भनेर ।” “ए थाहा पाईसक्नु भयो ? ल राम्रो भयो । अनि किन अघि रेट भन्नु भएको ?” मेरो भनाई सकिन नपाउँदै उनले भनीन्–“तपाईहरुले सोधीहाल्नु हुन्छ त्यसो भएर । तपाईहरु पक्कै पनि कुनै पत्रिका सत्रिका बाट आको जस्तो लागिरहेको थियो । अघि थाहा नपाएर भनीहालेँ ।” “के भन्नु भएको छ र ? खै केही पनि भन्नु भएको छ जस्तो त लाग्दैन ।” यति भन्दै गर्दा उनी अलि रिसाएको जस्तो गरिन् । अनि हाम्रो केही छिनको कुराकानी बाट हामीले हाम्रो वास्तविकता बताएपछि उनी हामी संग खुलेर कुरा गर्न राजी भईन । तर नयाँ ठाउँमा गएर । हामी पनि उनले भने जस्ते ग¥यौँ ।

बाध्यताका कारण यो पेशामा लागेँ – शिला (नाम परिवर्तन)
२०६३ सालमा दाडको हाईस्कुलबाट एस.एल.सी. पास गरे पछि घरको आर्थिक अवस्थाका करण गाउँमै बसेर पढ्न सक्ने अवस्था थिएन । काठमाडौँको किर्तिपुरमा बस्ने एक जना गाउँको दिदिको साथ लागेर काठमाडौँ छिरेँको थिए । त्यस बेला आमाले मलाई १००० रुपैया दिएर काठमाडौ पठाउनु भएको थियो । ५०० रुपैपा गाडी भाडा र बाँकी ५०० रुपैया बाटो खर्च भनेर । तर काठमाडौँ पुग्दा सम्म ५०० रुपैँया पनि खर्च भएको थिएन । काठमाडौँ पुगेपछि त्यही गाउँकी दिदि संग बसेँ । उहाँको बल्खुमा एउटा सानो होटल गरेर बस्नु भएको थियो । पहिला म पनि किर्तिपुरकै एउटा कलेजमा ११ कक्षा भर्ना भएँ । त्यस बेला मलाई त्यो दिदिले सहयोग गर्नु भएको थियो । पछि सँधै सहयोग गर्न सक्ने कुरा पनि भएन । पछि मैले पनि केही काम गर्नु पर्छ भनेर लाग्यो । धेरै ठाउँमा कामका लागि धाएँ । भर्खर एस.एल.सी. पास गरेको मान्छेलाई कस्ले पो जागरि दिन्छ र ? पछि त्यही कलेजमा पढ्ने एउटा साथीले मैले काम खोजीरहेको कुरा थाहा पाएपछि जागिर खाने भए म संग हिड भनेर दिउँसो कलेज छुटेपछि ठमेलको एउटा मसाज सेन्टरमा लगि । उसले पनि त्यहँ काम गर्न थालेको भर्खर १ महिना जति भएको रहेछ । अनि त्यहाँको साहुले अरु पनि कोही भए एक दुई जना लिएर आउ भनेकोले मलाई लिएर गएको रहेछ । अनि मैले त्यहाँ ६ महिना जति काम गरेँ । त्यहा काम गर्दा मसाज गर्न भन्दा बढी यौन चाहाना लिएर ग्राहाकहरु आउँथे । हामीलाई पनि मसाज गर्दा भन्दा बढी त्यसमा नै बढी पैसा आउने भएर ग्रहाकहरुको यौन चाहाना मेटाउन थाल्यौँ । त्यहीबाट मेरो धेरै जना संग कन्ट्याक भयो । ६ महिना जति काम गरिसके पछि एक पटक प्रहरी छापा मारेर एक दिन लगेर पनि थुनेको थियो । पछि त्यो बन्द भयो । पछि म यत्तिकै बसिरहेँ । त्यो विचमा उही कन्ट्याकमा आउने ग्राहकहरु संग जान थालेँ । पछि बागबजारको एउटा कन्सल्टेन्सीका काम गरेँ । त्यहाँ मैले  ९ महिना जति काम गरेँ । एक दिन त्यहाँ पहिला कन्ट्याक गरेर म संग आउने मान्छे संग भेट भयो त्यसपछि म त्यहाँ जाने छाडेँ । एक त पैसा पनि नहुने पहिले नै छाड्ने निर्णय गरिरसकेको थिएँ । यस विचमा मेरो पढाई ११ पनि नसकिन कन विचमा नै छाडी सकेको थिएँ । त्यस पछि भने म यहि कन्ट्याकमा भएको मान्छेहरु संग जान्छु । म कन्ट्याक गर्दिन उनीहरुले कन्ट्याक गरेपछि उनीहरुले भनेको ठाउँमा जान्छु । यसो गर्दा म माथि पर्छु र पैसा मेले भने जति पाउँछु ।  यसो गर्दा कहिले कमाई नै हुँदैन, कहिले राम्रो आम्दानी हुन्छ । महिनाको तीस पैतिस हजार त कमाईन्छ । घरमा आमा र भाई मात्रै छन् । भई अहिले एस.एल.सी. दिँदै छ । ३–४ महिनामा एक चोटी घर जान्छु । दाडमा एउटा सानो घडेरी किनेको छु ।

भविष्यको भने चिन्ता छ । विहे गर्ने ईच्छा छ कसले पो गर्छ र ? एकजना किर्तिपुरकै केटा संग प्रेम गरेको छु । तर उस्लाई अहिले सम्म मैले यस्तो गर्छ भनेर थाहा छैन । कुन दिन उसले थाहा पक्कै पाउँछ । त्यसैले उ संग मेरो भविष्य मैले देखेको छैन । आज सम्म त ठिकै छ । तर भोली के हुने हो त्यसको भने चिन्ता लागिरहन्छ । एक मन जे सुकै होस भन्ने लाग्छ । मैले चाहेर भन्दा पनि बाध्यताका कारण यो पेसामा लागेको हो । के गर्नु भने जस्तो काम नपाएपछि हामी जस्तोलाई गाह्रो पर्दो रहेछ । की त घरबाट सबै कुरा हेर्न सक्ने हुनु प¥यो,  की साथ दिने कोही आफन्त । म जस्तै गरी पढ्न आएका हजारौँ यूवतीहरु कुनै न कुनै रुपमा यो पेसामा लागेका छन् । मैले चिने जानेका कति छन् कति । विना कुनै काम कि घरबाट सर्पोट हुनु प¥यो होईन भने काठमाडौँ को यो महंगमिा कसरी ठाँटका साथ हिड्न सकिन्छ ? धेरै जसो यो पेसामा लाग्नेहरु वाध्यताका कारण लागेका छन् । विदेशमा यस्तो पेशामा लाग्नेहरुलाई पनि एउटा निश्चित एरिया छुटाएको हुन्छ रे । यहाँ त सँधै टेन्सन् हुन्छ कहाँबाट कुन बेला पुलिस आईपुग्छ अनि दुख दिन्छ । कोही कोही पुलिस त कि हमीलाई पनि दे नत्र लगेर थुनिदिन्छु भनेर धम्क्याउँछ ।

हामी सकृय छौँ – प्रनाउ सिंह
काठमाडौँमा खुला रुपमा नै देह व्यापार हुने प्रशस्त आधार भेटिईसकेपछि हामी यो गैर कानुनी कृयाकलाप रोक्न प्रशासनले गरेको प्रयास र भईरहेको काम कारवाहीको सन्दर्भमा प्रशासनको धारणा बुझ्न काठमाडौ महानगरिय परिसरको कार्यालय हनुमान ढोका पुग्यौँ । जहाँ काठमाडौँका प्रहरी नायव उपरिक्षक धिरज प्रताप सिंह संग हाम्रो कुराकानी भयो । कुराकानीका क्रममा सिंहले काठमाडौमा अवैध देह व्यापार गर्नेहरुको संख्यामा कमी नआएको स्विकार्नु भयो । प्रहरीले बेला–बेलामा देह व्यापार संलग्न र संलग्न गराउनेहरुलाई पक्रेर कानुनी कारवाही चलाएको पनि उहाँले बताउँदै उहाँले विशेष गरी काठमाडौँको रत्नपार्क, वीर हस्पिटल वरपरका क्षेत्रहरुमा  खुलेआम रुपामा देह व्यापार भईरहेको स्विकार्नु भयो । यसका लागि महानगरिय परिसरको विशेष टोली र सिभिल प्रहरीहरु पनि परिचालन गरेको तथा महिला प्रहरीहरुलाई पनि सुराकीको रुपमा प्रयोग गरी यस्ता गैर कानुनी कृयाकलाप रोक्ने प्रयात्न भइरहेको पनि जानकारी दिनुभयो । विशेष गरी काठमाडौँको सुन्धरा, वाईपास एरिया, क्याविन रेष्टुरेन्ट हरुमा बेला–बेलामा प्रहरीले छापा मारिरहेको र यस्ता कृयाकलापमा संलग्नहरुलाई कारवाही गरिरहेको दावी समेत गर्नु भयो । अवैध देह व्यापारमा संलग्न गराउनेहरुलाई ३–५ बर्ष सम्मको जेल सजाय तथा यसमा संलग्न हुने हरुलाई २५ दिन सम्मको जेल तथा २८ हजार सम्मको जरिवाना गर्ने गरेकोे र सार्वजनिक अपराध ऐन अन्तरगत कारवाही हुने पनि उहाँले बताउनु भयो । काठमाडौमा  हुने यस्ता किसिमका अवैध देह व्यापारलाई रोक्न प्रहरी सकृय रहेको र यसमा मिडिया संग समन्वय गरेर जान सकिने उहाँको तर्क थियो ।
प्रहरीहरुले पनि “ब्ल्याक मेल” गर्ने गरेको गुनासो पनि छ नी भन्ने प्रसंगमा उहाँले विगतमा कहीँ कतै त्यस्तो भएको स्विकार्दै त्यस्तोमा संलग्नहरुलाई कारवाही भएको र अब उप्रान्त पनि त्यस्तो घटना फेला पारेमा कारवाही हुने जानकारी दिनुभयो । साथै उहाँले प्रहरीकै उच्चपदस्त कर्मचारीहरुको संलग्नतामा काठमाडौँको ठमेल लगाएत क्षेत्रहरुमा अवैधानिक रुपमा यौन धन्दा संचालन भईरहेको भन्ने चर्चाको सम्बन्धमा आफुलाई त्यस्तो जानकरी नरहेको र त्यो खाली हल्ला मात्र भएको दावी गर्दै त्यस्तो हुनै नसक्ने जिकिर गर्नु भयो  ।

नवराज दुवाडी