Thursday 22nd May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

गीतिलेखनमा शान्तिप्रियको चर्चा चुलिंदै, (भिडियो)

Thursday, January 19, 2017 National Power

‘देखन चम्पा….’ पछि ‘म त माया गर्ने मान्छे….’ 

पौष २९,काठमाण्डौ । नेपाली चलचित्र तथा मनोरञ्जको क्षेत्रमा कलम चलाउँदै सफलताको उचाईमा पुगेका व्यक्तित्व हुन् शान्ति प्रिय । मनोरञ्जनको क्षेत्रमा उनि जति सक्रिय छन्, त्यति नै चर्चित र लोकप्रिय पनि छन् त्यसैले यस क्षेत्रमा उनलाई सबैका प्रिय, शान्ति प्रिय भनेर पनि चिन्ने गरिन्छ । हाल चलचित्र पत्रकार संघका अध्यक्ष समेत रहेका शान्ति प्रियले पत्रकारीताको क्षेत्रमा मात्र आफ्नो कलमको मसी खर्च गर्दैनन् गीतिलेखन लगायत अन्य साहित्यिक विधामा पनि कलमको मसीलाई प्रयोग गर्दै आएका छन् । साथै केही चलचित्रमा समेत उनको अभिनय हेर्न पाइने गरेको छ भने सोसल मिडियामा दिनहुँ सार्वजनिक हुने उनका मुक्तकले पनि उनी चर्चामा नै रहेका छन् । यसर्थ पनि शान्तिप्रियलाई चलचित्र जगतमा बौद्धिक तथा बहु आयामका धनि व्यक्तित्व भन्न सकिन्छ ।Shantipriya1शान्ति प्रिय जति पत्रकारीतामा सफल छन् त्यति नै गीतकारको फाँटमा पनि सवल छन् । उनले सृजना गरेका गीतले सांगीतिक बजार पनि तताउने गरेका छन् । चर्चित चलचित्र छक्का पन्जाको ‘देखन चम्पा’ बोलको गितले गीतकारको परिचयलाई अझ मजबुत बनाएर चर्चामा आएका शान्तिप्रियको यतिबेला नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘मत माया गर्ने मान्छे’ बोलको गीतमा संगीत सन्तोष श्रेष्ठको सङ्गीत र प्रमोद खरेलको माधुर्य स्वर रहेको छ । सार्वजनिक म्यूजिक भिडियोमा सन्दिप शाही र अनामिका चौलागाईं फिचरीङ रहेको छ भने निर्मल शर्माले निर्देशन गरेका गरेका छन् । गीतमा सिनेमाटोग्राफी सुदिप बरालको छ भने टेकेन्द्र शाहले यसलाई सम्पादन गरेका हुन् । गीतलाई निर्माण कम्पनी छायाँछवि क्रियसनको युट्युब एकाउन्ट मार्फत सार्वजनिक गरिएको छ ।ma-ta-maya garne manche‘हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछी आउने अवस्थालाइ देखाएका छौ’ निर्देशक शर्माले गीतको कथाको बारेमा बताए । यता गीतकार शान्तिप्रिय पनि मायालाई मूल्यमा तौलिन नहुने बताउँछन । ‘माया गर्ने मान्छेसंग कति मूल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नु पर्छ , यसै भावलाई गीतमा उतारेको छु’ गीतकार शान्तिप्रियले गीतका बारेमा प्रस्ट्याए । अहिले छोटो समयमानै यो गित चर्चित बन्दै गैरहेको छ । सार्वजनिक भएको केही दिनमै यो गीतले यूट्युबमा राम्रो दर्शकको पाइरहेको छ ।