Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

वाइसिएल निदायाे, उग्रराष्ट्रवादले देश डुबाउने भयाे – प्रचण्ड

Tuesday, January 31, 2017 National Power

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चलेको भन्दै निद्राबाट ब्यूँझन वाईसीएल कार्यकर्तालाई निर्देशन दिएका छन् । साथै उनले केही दलले एकै पटक केन्द्रको चुनाव गरेर संघीयता र समावेशीता उल्टाउन चाहेको आरोप पनि लगाए ।

सोमबार राजधानीमा बाईसीएलको एकता भेलालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, एकथरी शक्तिहरु राष्ट्रवादको नाममा दक्षिणपन्थी हावा चलाउन खोज्दैछन् । अन्धराष्ट्रवादको वकालत गरेर, सामन्ती तत्वसँग साँठगाँठ गरेर गणतन्त्र उल्टाउने, संघीयता लागु हुनै नदिने र धर्मनिरपेक्षता खारेज गराउने प्रपञ्चमा छन् ।’

तर, आफूहरुले हिमाल, पहाड र तराईबीच एकता कायम गरेर राष्ट्रिय एकता बनाउन खोजेको उनले बताए । ‘वास्तविक राष्ट्रवाद त्यो हो, जसले हिमाल, पहाड र तराईलाई जोड्छ । वास्तविक राष्ट्रवाद त्यो हो, जसले सबै जाति, भाषा, संस्कृति, सभ्यता र समुदायको सम्मान र समानताको वकालत गर्दछ’ उनले भने, एउटा भाषा वा समुदायको प्रतिनिधित्व गर्ने, हिमाल र पहाडलाई भड्काएर एक-अर्काका विरुद्ध उभ्याउने सोंच राष्ट्रवादी सोंच हुन सक्दैन । माओवादी नक्कली राष्ट्रवादको पक्षमा छैन ।’

एक समय वाईसीएल जाली फटाहका लागि आतंक र जनताका लागि भरोसाको संगठन भएको भन्दै उनले निद्राबाट ब्यूँझन कार्यकर्तालाई आग्रह गरेका छन् ।

सुरुमा गैरफौजी रहेपनि सेना समायोजन प्रक्रियापछि यसमा फैजी तालिम भएकाहरु समेत आवद्ध भएको भन्दै उनले यस्तो संगठन विरलै बन्ने बताए । पछिल्लो समय उनीहरु तितरवितर हुँदा पार्टी समते कमजोर भएको भन्दै उनले वाईसीएल  कार्यकर्तालार्इ भने, तपाईहरु निद्राबाट ब्यूँझनुस् । दक्षिणपन्थविरुद्ध उभिनुस् ।’

प्रधानमन्त्री प्रचण्डले चुनावमा जानुको विकल्प नभएको भन्दै छिट्टै मिति घोषणा हुने बताए ।