Saturday 24th February 2024

    एभरेष्ट नेपाल कल्चरल ग्रुपले १२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्दै    चर्चित हाँस्य कलाकार गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम गर्दै    गोर्खा वारियरको पोखरामा भव्य रेडकार्पेट प्रिमियर    पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन हुँदै    चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलामा चलचित्र निर्देशक खरेललाई मानार्थ सदस्यता प्रदान

गरे के हुँदैन ? (फोटो फिचर सहित)

Monday, January 30, 2017 National Power

माघ १६ डोटी – कपल्लेकी गाविसमा बसोबास गर्ने दलित समुदायका महिलार पुरुष पछिल्ला दिनहरुमा कृषि व्यवसाय तर्फ आकर्षित हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यलय डोटीको अनुमतिमा डोटीमा आफ्नो कार्यक्रम सञ्चालन गरेको किसान परियोजनाले तरकारीबाली पशुपालन लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आईरहेको छ ।
सोहि परियोजनाले गर्दा कपल्लेकी गाविस वडा नम्बर २ मल्लीगुमका दलित परिवारका बारीमा यो सिजनमा लटरम्म तरकारी फलेको छ । सुर्यमुखी कृषि समुह भनेर आफ्नो समुह दर्ता गराई २५ जना दलित र गैर दलितको नेतृत्व गरिरहनु भएका लक्ष्मण बहादुर लुहार भन्छन् “ पहिले पहिले त हामीहरुलाई केहि थाहा थिएन जव हाम्रो गाउँमा किसान परियोजना आयो र तरकारी कसरी उमार्ने ,बेर्ना कसरी राख्ने ,र कसरी उत्पादनमा बृद्धि गर्न सकिन्छ भन्ने बारेमा पटक पटक तालिमहरु दियो अनि हामिहरुले त्यसै अनुसार घरको आगनमा थोरै लगायौँ राम्रै फलेपछि आज भोली हामी तरकारी खेती गर्न थालेका छौँ ।
थुप्रै किसान दाजुभाई हाम्रो उत्पादनले बजार पाएन भनि गुनासो गर्ने गर्दछन् तर मल्लीगुमका किसानहरुको भने बारीको तरकारी गाउमै किन्नेको घुईचो लाग्दछ ।
सुदुरपश्चिममा जातिय विभेद चर्को छ । जति नमान्ने छुवाछुत गर्नेलाई कार्वाहि गर्ने भनिए पनि गाउँघरमा एकै धाराको पानि चल्दैन अझै पनि । मागेर खाने जात हो दलित जाति र साहुहरुको हलो र कोदाली गरे खाने जात हो भन्दै हेप्ने र चेप्ने गरेका उदाहरण हामी जताततै सुन्ने गरेका छौँ तर मल्लीगुमका लक्ष्मण बहादुर लुहार मात्रै हैन सुर्यमुखी कृषि समुहमै आवद्ध महिला सरु लुहारले पनि आजभोली आफ्रनो बारीमा लटरम्म बन्दा फलाएर चार आना जमिनमा मात्रै तिन क्वीन्टल ४५ किलो बेचिसके भन्दै यसैगरि सबैले आयआर्जन तिर लागेमा कसैको चाकरी गरि खानु र अर्काको देशमा भाडा माझेर बाच्नु पर्दैन भन्नु हुन्छ ।
साथै उहाँ भन्नु हुन्छ “मेरो जम्मा खेत दुई रोपनी छ त्यसैमा आलु ,बन्दागोभी, धनियाँ, मुला लगायतका विभिन्न किसिमका तरकारी फलाए ,गाउमा आफन्त ईष्टमित्रलाई बाँडेर पनि आफ्नो १२ जनाको परिवार पालेकी छु , एकपाथी धान गहुँ फल्ने खेतमा २० देखि २५ हजारको तरकारी विक्री गर्न पाउँदा आफुलाई साह्रै खुसी लागेको छ” ।
गाउँमा कषि समुह गठन गरेर स्वयम् आफैले तरकारी लगाउन सुरु गरेका लक्ष्मण लुहारले पनि आफ्नो १२ जनाको परिवार पालेका छन् तर समय समयमा सिँचाईको अभावले भने चिन्तित देखिन्छन् । गाउँमा खाने पानीको लागि निकै टाढाबाट बोकेर ल्याउनु पर्दा किसानहरुलाई समस्या हुने गरेकोे छ ।
यसरी खानेपानीको अभावमा बाँचिरहेका जनताहरु कसरी तरकारी खेत गर्र्न सक्छन् ? किसान परियोजना डोटीका टिकानाथ योगी भन्नुहुन्छ“ गाउँमा पानीको निकै अभाव छ र त्यसमा हामी टमाटरको लागि थोपा सिँचाई प्रविधिबाट टमाटरखेती गर्न लगाउछौँ ,अनि पानी नपर्ने क्षेत्रमा सुख्खा क्षेत्रमा फल्ने बाली मकै भटमास छर्न लगाउछौँ अथवा पानी पर्ने मौसममा पानी धेरै चाहिने बाली लगाउछौँ भने सुख्खा सिजनमा पानी कम चाहिने लगाउछौँ त्यो बेमौसमी तरकारीबाली होस तर सिँचाईको समस्या बाट जोगाउने उपाय अपनाएरै भए पनि किसानहरुलाई पे्ररित गरिरहेका छौँ र उहाँहरुले पनि गरिरहनु भएको छ ” ।