Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

Monday, January 30, 2017 National Power

१७ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नै निर्वाचकको बाधक देखिएको काँग्रेसका बरिष्ठ नेता रामचन्द« पौडेलले बताएका छन् ।
मधेसी मोर्चाको सहमतिमा मात्रै निर्वाचनको मिति घोषणा गर्ने प्रधानमन्त्रीको अभिव्यक्तिले निर्वाचनको वातावरण बन्न नदिएको उनको आरोप छ ।
जेठभित्र स्थानीय तहको निर्वाचन सम्पन्न भए मंसिरसम्म तीनै तहको निर्वाचन गराउन सहज हुने उनले बताए ।दक्षिण कोरिया भ्रमण पुरा गरी सोमबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता पौडेलले निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग पुनः आग्रह गरे । साथै माघ २५ गतेभित्रै निर्वाचनको मिति घोषणा गरिसक्नुपर्नेमा जोड दिएका छन् ।
कांग्रेस नेता पौडेलले संविधान संशोधन प्रस्ताव र निर्वाचनबारे प्रतिपक्षी एमाले र मधेसवादी दलहरु दुबैको अडान गलत भएको पनि बताए । साथै स्थानीय तह पुनसर्ंरचना आयोगको प्रतिवेदनबारे मधेसी मोर्चाको धारणा स्पष्ट रुपमा आउनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्ड नै निर्वाचकको बाधक देखिएको काँग्रेसका बरिष्ठ नेता रामचन्द« पौडेलले बताएका छन् ।