Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

मन्त्रि पाण्डेलाइ पितृशोक

Sunday, January 29, 2017 National Power

१६ माघ, काठमाडौँ – भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रमबहादुर पाण्डेका पिता चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

उच्च रक्तचाप र मधुमेहरोगबाट पीडित पाण्डेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा बिहान करिब ५ बजे निधन भएको उनको परिवारले जनाएको छ ।

स्व. पाण्डेप्रति श्रद्धाञ्जलि दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी लगायत बूढानीलकण्ठ पुगेका थिए ।कालिका कन्स्ट्रक्सन प्रालिका संस्थापकसमेत रहेका पाण्डे समाजसेवाका क्षेत्रमा पनि सक्रिय थिए । स्व. पाण्डेको चार छोरा छन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाका नेता जनक पाठकले जानकारी दिए ।