Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

अल्ट्रा धाविका मिरा राइ साहसी बर्ष व्यक्ति घाेषित

Friday, January 27, 2017 National Power

१४ माघ, काठमाडौं । नेपालकी अट्रा धाविका मीरा राई ‘साहसी वर्ष व्यक्ति’ घोषित भएकी छन् ।

नेशनल जोग्राफीले राईलाई एड्भेन्चर अफ दि इयर २०१७ घोषणा गरेको हो । यो अवार्डका लागि विश्वभरका साहसी खेलसँग आवद्ध मध्ये १० जना मनोनयनमा परेका थिए ।

अनलाइन भोटिङका आधारमा मीरा विजयी भएकी हुन् ।

भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् ।

पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ बर्षीय मीरा तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । शान्ति सम्झौतापछि सेनामा अयोग्य बनेकी उनी विदेश जाने योजनामा काठमाडौं आएकी थिइन् ।

Mira-Rai

तर, कराते प्रशिक्षक ध्रुवबिक्रम मल्लको सम्पर्कमा पुगेपछि मलेसियाको भिसा रद्ध गरेर खेल क्षेत्रमा लाग्ने प्रण गरिन् । काठमाडौं वरपर शिवपुरी जंगलको ट्रेलबाट अल्ट्रा रनिङ सुरु गरेकी उनले सन् २०१५ मा हङकङ, स्पेन, इटली, अष्ट्रेलिया लगायतका मुलुकमा अल्ट्रा दौडमा सहभागी भई सफलता हासिल गरेकी छन् ।

सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि निक्कै चर्चित बनेकी राई अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा आइन् । दुई महिनाअघि इटलीमै दौडका क्रममा चोटग्रस्त बनेकी उनी एसिएल इन्ज्युरीको उपचारपछि पुनः ट्रेलमा फर्कन संघर्षरत छन् ।