Sunday 7th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

सरकार ! कामका लागि दुवइ जान साँढे चार लाख लाग्ने हाे ?

Friday, January 27, 2017 National Power

वैदेशिक राेजगारीमा म्यानपावर कम्पनीहरूकाे मनलाग्दी, सरकार रमिते !

पावरन्युज संवादाता

१४ माघ (काठमाडाैँ) – सरकारले दुई बर्ष अघि मलेशिया लगाएत खाँडी मुलुकहरुमा वैदेशिक रोजगारीको लागि जानेहरुसंग सेवाशुल्क वापत १०००० रुपैयाँ मात्र लिन पाउने निर्णय गरेको थियो । त्यसको विरुद्धमा म्यानपावर कम्पनीहरुले आन्दोलन गरे पनि सरकार आफ्नो निर्णयबाट पछि हटेको थिएन । यसबाट वैदेशिक रोजगारीमा जानेहरुले केही राहतको सास फेरेका थिए ।
तर सरकारले निर्णय गरेपछि त्यसको अनुगमन कत्तिको भैरहेको छ सायद सरकारलाई नै थाहा छैन होला । वैदेशिक रोजगारीमा जानेहरुबाट म्यानपावर कम्पनीहरुले मनलाग्दी पैसा असुली रहेको छ । खाँडी मुलुक जानेहरुबाट अधित्तम १०००० सम्म सेवा शुल्क लिन पाउने निर्णय सरकारले गरे पनि खुलमखुल्ला रुपमा मनलाग्दी पैसाको वार्गेनिङ हुने गरेको छ ।
भर्खरै मात्र सिनामंगल स्थित डुयल्स्को म्यानपावर कम्पनीले दुवैको लागि महिला र पुरुष गरी २०० जना सेक्युरीटी गार्डको कोटा ल्याएको थियो । PSBD मा ल्याइएको कोटामा कामदारहरुको लागि करिब २७५० युएइ दिराम तलब तोकिएको थियो । यहि २७५० दिराम तलब भएको भन्दै मासिक ३३०० दिराम सम्म कमाउन सकिने आश्वासन दिएर उक्त म्यान पावर कम्पनीले छानौट भएका कामदारसंग साँढे चार लाख रुपैपा माग गरेको छ र प्रोसेसको लागि भन्दै कामदारसंग एक लाख रुपैयाँ समेत लिइ सकेको छ । तर उस्ले त्यसको कुनै भर्पाइ दिएको छैन ।
खुलमखुल्ला रुपमा सरकारलाई चूनौति दिँदै आएका म्यानपावर कम्पनीहरु पत्रिकामा त यसो भन्नु भएको छ नी भनेर उनीले प्रकाशन गरेको विज्ञापन देखाउँदा त्यो त देखाउनका लागि मात्र हो । हामीले मात्र होईन सबैले यसै गर्ने हो भन्ने जवाफ दिन्छन् ।
सरकार एउटा निर्णय गर्छ तर त्यसको कार्यान्वयन भएको छ की छैन भन्ने विषयमा कुनै जानकारी राख्दैन । यता म्यानपावर कम्पनीहरुल गरिब नेपाली कामदारहरुसंग मनलाग्दी पैसा असुली रहेको छ ।